नेकपा परित्याग आधा दर्जन बढि कांग्रेसमा प्रवेश
साउन ५ सोमवार, २०७७
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सोमबार आधा एक दर्जन बढि नेकपा पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस खोटाङको पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका आधा एक दर्जन बढि काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेकपा परित्याग गरी बिराज आचार्य, निरकुमार रसाइली, नवराज आचार्य, कुमार आचार्य, यदु आचार्य, रामकुमार आचार्य, हिराबैनी कटवाल लगायत नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेसमा प्रवेश गरेकाहरुलाई पार्टी जिल्ला सभापति नरेशकुमार श्रेष्ठ, पूर्व जिल्ला सभापति एवम् महासमिति सदस्य बिष्णुकुमार राई, पूर्व जिल्ला सभापति एवम् महासमिति सदस्य सुवाशकुमार पोखरेल, प्रतिनिधि सभा सदस्य हिरा गुरुङ, संविधान सभा सदस्य सरस्वती बजिमय, उपसभापतिद्धय नवराज केसी, धर्मराज पोखरेल लगायतले अविर तथा खाँदा लगाईदिएर पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा जिल्लास्थित काँग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यस्तै, असार ५ गते निधन भएका नेपाल दलित संघ खोटाङका अध्यक्ष हिराबहादुर विकको सम्झनामा शोक प्रस्ताव पनि पारित गरेको कांग्रेसले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



