खोटाङमा चालुमा ८८ र पुँजीगतमा ५० प्रतिशत खर्च
साउन ९ शुक्रवार, २०७७
खोटाङ । खोटाङमा गत आर्थिक वर्ष संघीय सरकारबाट आएको कुल बजेटमध्ये चालुतर्फ ८८.५८ प्रतिशत खर्च भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा संघीय सरकार अन्तरगतका ३७ वटा कार्यालय तथा १० स्थानीय तहका लागि संघबाट पठाइएको कुल ५ अर्व ६६ करोड ६ लाख ९१ हजार ५९५ मध्ये ५ अर्व १ करोड ४७ लाख ४१ हजार ५३९ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय खोटाङले जनाएको छ ।
यस्तै, संघीय सरकारबाट प्राप्त भएको कुल पुँजीगतमध्ये ५० प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय खोटाङका प्रमुख ध्रुब कार्कीले बताए । कुल पूँजीगत बजेट १ अर्व १९ करोड ८९ लाख १७ हजार ५९९ मध्ये ६० करोड १ लाख १९ हजार ८ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
प्रदेश सरकारबाट प्रदेश अन्तरगतका ७ कार्यालय र स्थानीय तहलाई प्राप्त भएको बजेट र खर्चको हिसाव किताव भने हालसम्म प्राप्त नभएको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख कार्कीले बताए ।
जिल्लाका सबै स्थानीय तह, प्रदेश र संघीय कार्यालयको हालसम्मको बेरुजुको विवरण माग गरिएको र सो विवरणलाई कोष तथा लेखा नियन्त्रकको कार्यालयमा अद्यावधिक राख्ने व्यवस्था गर्न लागिएको जनाइएको छ ।
चालु आर्थिक वर्षका लागि प्रदान गरिने सबै प्रकारका अनुदान, राजस्व र आयको अनुमान सभामा पेश गरी पारित नगरे वा गत आर्थिक वर्षको खर्चको प्रगती विवरण साउनभित्र पेश नगरेमा भूक्तानी रोकिने प्रमुख कार्कीले बताए ।
यस्तै, भदौ १५ गतेसम्ममा सबै निकायको आन्तरिक लेखा परिक्षण गरेर प्रणालीमा प्रविष्ट गरिसक्ने गरी आन्तरिक लेखा परीक्षण सुरु गरिएको कार्यालयले जनाएको छ । हाल जिल्लामा म्याद सकिएका चेक साट्न बाँकी नरहेको कार्कीले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



