एक वर्षमा १४ करोड ७५ लाख कर संकलन
साउन ९ शुक्रवार, २०७७
खोटाङ । करदाता सेवा कार्यालय खोटाङले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा करिव ५ करोड बढि कर संकलन गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा १० करोड कर संकलन गरेको करदाता सेवा कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा १४ करोड ७५ लाख राजस्व संकलन गरेको हो ।
आयकर, मुल्य अभिबृद्धि कर, अन्तः शुल्क र अन्य सेवा वापत गत साउनमा २ करोड ५५ लाख ५५ हजार, भदौमा ३८ लाख २७ हजार, असोजमा ५६ लाख ५७ हजार, कात्तिकमा ६२ लाख ८ हजार, मंसिरमा ६० लाख ८५ हजार, पुसमा १ करोड १९ लाख ४ हजार राजस्व संकलन गरिएको करदाता सेवा कार्यालय खोटाङका कर अधिकृत गोपाल राईले बताए ।
यस्तै, माघमा १ करोड ७७ लाख ९७ हजार, फागुनमा ७४ लाख ५१ हजार, चैतमा ३८ लाख ४४ हजार, बैशाखमा ७४ लाख ४७ हजार, जेठमा १ करोड १५ लाख ७४ हजार र असारमा ४ करोड १ लाख २६ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालयले जनाएको छ । कोभिड–१९ को अशरका कारण समेत राजस्व संकलनमा अशर परेको कर अधिकृत राईले बताए ।
‘यस कार्यालय अन्तरगत ९० प्रतिशत भन्दा बढि साना करदाता रहेका छन् । कोभिड–१९ ले पनि कर संकलनमा अशर ग¥यो,’ कर अधिकृत राईले भने, जिल्लामा ठूला–ठूला आयोजना तथा विकास निर्माणका काम गर्ने कार्यालय नहुनु, ठूला–ठूला ठेक्कापट्टा, आपुर्ति र सेवा प्रदान गर्ने निकाय नभएकाले टिडिएस र ५० प्रतिशत मुल्या अभिबृद्धि कर वापत जम्मा हुने राजस्व जम्मा हुन नसकेको हो ।’
आर्थिक वर्ष २०७६/०७७ मा ५ हजार ९२० ले वर्ष आयकर, मुल्यअभिबृद्धि कर, अन्तशुल्क, पि–प्यान र डिडिएस दर्ता गरेको कार्यालयले जनाएको छ ।
करदाता सेवा कार्यालयले २०७५ साल चैत २८ गतेदेखि दिक्तेलबाटै सेवा सुरु गरेपछि कर चुक्ताका लागि प्रदेश नम्बर १ बाट प्रदेश नम्बर २ मा पर्ने लाहान पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
कार्यालयले स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र वितरण, मुल्य अभिबृद्धि कर दर्ता, अन्तशुल्क इजाजत तथा नविकरण, कर संकलन, करदाताको विवरण संशोधन लगायतका सेवा प्रवाह गर्दै आएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



