दिक्तेलमा कर्मचारी युनियन संघको पालिका स्तरीय समिति गठन
साउन १४ बुधवार, २०७७
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पालिका स्तरीय कर्मचारीहरुको विभिन्न समिति गठन गरिएको छ । दिक्तेलमा भएको कर्मचारीहरुको एक भेलाले दिनेश राईको अध्यक्षतामा ११ सदस्यीय नेपाल निजामती कर्मचारी युनियन संघको गठन गरेको हो ।
युनियन संघको उपाध्यक्षमा रुपक बुढाथोकी, सचिवमा चिरञ्जीवि आचार्य, सह–सचिवमा सुमनकुमार देव र कोषाध्यक्षमा हिराकुमारी पोखरेल रहेका छन् ।
संविधान सभा सदस्य सरस्वती वजिमयको प्रमुख आथित्यतामा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशी, कांग्रेसका जिल्ला सदस्य उमेशचन्द्र आचार्य, नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर सभापति दुर्गाप्रसाद घिमिरे, ट्रेड युनियन कांग्रेस खोटाङका अध्यक्ष कृष्ण आचार्य, आधिकारिक ट्रेड युनियन खोटाङका जिल्ला उपाध्यक्ष अनिल आचार्यको उपस्थिति रहेको थियो ।
यस्तै, नेपाल निजामति कर्मचारी युनियन संघ खोटाङका कार्यवाहक अध्यक्ष भगत आचार्य, नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाई, ट्रेड युनियन कांग्रेस खोटाङका पूर्व अध्यक्ष मणिराम दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष टंकप्रसाद आचार्य, नेपाल निजामति कर्मचारी युनियन संघ हलेसी तुवाचुङ नगरपालिकाका अध्यक्ष दिपक रिजाल लगायतको उपस्थिति रहेको ट्रेड युनियन कांग्रेस खोटाङले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



