खै कोनि त !
साउन १५ विहीवार, २०७७
खोटाङ । एकादेशमा एउटा दुई टाउके चराको जन्म भएछ । बचेरो छउञ्जेल माऊ बाउ मिलेर दुवै चुच्चामा समानुपातिक ढंगबाट चारो खुवाउँदै हुर्काएछन । जव बचेरो उड्यो, दुवै चच्चाले आफ्नो आहारा आफै तर्जुमा गर्नुपर्ने भयो । दुवैबीच जे फेला पर्छ, बाँडीचुँडी खाने सहमति भएछ ।
शरीर साझा भएकोले जीउ बचाउन दुवैले खान त पथ्र्यो नै । चारो खोज्ने सिलसिलमा एउटा टाउकोले आफ्नो अनुकूलमा अमृतको दाना फेला पारेछ । अंमृत कसरी बाटुँ ? उसको मथिगलमा पाप जाग्यो होला । कप्लक्कै निलिहालेछ । सँगैको टाउको सुईँको नपाउने कुरै थिएन । उसले सवाल उठाएछ, एइ नाथे ! तैले मेरो भाग नराखी एक्लै किन खाइस ? अंमृत खाईसकेको टाउको किन लत्रने ? फुइँ लाउँदै अर्को टाउकोलाई भनेछ फेला परे तैले पनि खानू ।
अंमृत खान नपाएको टाउकोलाई उखरमाउलो भयो होला । तर सँगै नहिडेर त खैरियत थिएन, ऊ भित्रभित्रै पाकिरहेको थियो । बदलाको आगोले उसलाई पोलिरहेको हुँदो हो । अंमृत वालाको तुजुक बढेको देखेर झनै अल्तलिन्थ्यो । आफु समानको टाउको यति धेरै औताउँदा उसको जसरी पनि सेखी झारेर छोडने ध्याउन्नमा थियो ऊ । उसको भन्दा ठूलो अंमृतको दाना कप्लकका निलेर देखाउने धोका थियो उसको ।
तर,एकदिन आहारा खोज्ने क्रममा उसको अगाडि विषको दाना फेला परेछ । बदलाको भावानाले थिल्थिलो बनेको मनले उक्सायो होला, कप्लक्कै खाएछ । त्यसपछिको परिणम जे भयो होला त्यसको कैरन ल्याईरहनु परोइन ।
दुवै टाउकाको अकर्मण्यताले शरीर मारिइयो । टाउका चाहिँ बाँचे त ? विष खाने त म¥यो–म¥यो अंमृत खाने पनि जिउँदो रहन पाएन । आखिर सबै चिज बाँटेरै खाने गरेकोमा अंमृत पनि बाँटेको भए के हुन्थ्यो होला ? जवाफ टडकोरो छ । अर्को टाउकोले झोकिएर बिष खाँदैनथ्यो ।
यो प्रचलित नीति कथा हो । हाम्रो देशमा प्रगतिशील पद्धति स्थापित भए उप्रान्त नैतिक शिक्षा जस्तो थोत्रो विषय पाठ्त्रलमबाट हटाइएको हुँदा नयाँ पुस्तालाई सामान्य जानकारीका लागि पनि मैले यो कथालाई यहाँ जोड्न खोजेको हुँ ।
र, यही कथाले मात्रै नि विषय वस्तु पर्गेलीसकेको ठहर गर्छु म । तथापि, विद्यमान सन्दर्भलाई समेत यही कथाको भिंउटमा मिसाएर खुँडयो भने राम्रै पकवान्न बन्ला कि भन्ने मलाई लागेको हो ।
सुध्याईरहनै परोइन सबैलाई थाहा छ–तीन वर्ष यता एउटा ज्वाइन्ट् भेन्चरको राजनीतिक कम्पनीले हाम्रो देशको वाग्डोर सम्हाल्दै आएको छ । यो कम्पनीको संरचना काटिकुटी कथामा उल्लेखित चराको जस्तै लाग्छ । कथामा जस्तै कम्पनीको एउटा टाउकोले अंमृत घुट्क्याइरहँदा अर्को टाउकोलाई उखरमाउलो भएकै हो ।
रनाहाले विष खान खोजेको पनि हो । खाइदिउँ त ? भनेर धम्क्याएको पनि हो । तर चराको टाउकोले झंै विष खाइहाल्ने अवस्था भने यहाँ थिएन । पृथक परिस्थितिले के थियो भने, अंमृत पचाइसकेको टाउकोले धमास दियो–तैले विष खानु भन्दा अगाडि नै म पनि खाइदिन सक्छु ।
अर्को टाउकोले गम खायो,–ओहो ! अंमृत एकलौटी पचाई सक्यो र विष पनि त ऊसगँ छ । खायो भने आफू पनि जोखिममा परिने भो । यतिबेला दुवै टाउका आ–आफ्नो पञ्जामा विषको घडा अँठ्याएर बसेका छन । तर चराले झै स्वाटै पार्ने आटे गरेनन् सायद ।
दुई मध्ये कसैले पनि विष खाइदियो भने तिनको शरीर मात्रै होईन सिङगो पद्दति नै थलिन सक्छ भनेर जानपाहरु अथ्याउँदै छन् । सुन्दैछु,–अंमृत जति पचायौ, पचाउ बरु । तर विष नखाई देऊ प्रभु । यस्तो आग्रह पो गरिदैछ अरे ! जसै तसै चुच्चे ढुङ्गो उही टुंगो पो हुन्छ कि क्या हो ?
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



