लघुवित्तले बचत फिर्ता गर्न नमानेको गुनासो
साउन १९ सोमवार, २०७७
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक बचत समुहमा आवद्ध महिलाले एनएमवी माइक्रोफाइनान्स वित्तीय लघुवित्त संस्थाले बचत रकम फिर्ता गर्न र संस्थाबाट बाहिरिन नदिएको गुनासो गरेका छन् ।
एनएमबी माइक्रोफाइनान्स वित्तीय लघुवित्त संस्था अन्तरगत २०७३ सालमा गठन भएको लालुपाते महिला समुहमा आवद्ध महिलाले हालको बचत समुह खारेज गर्न र हालसम्मको बचत रकम फिर्ता माग्दा नपाएको गुनासो गरेका हुन् ।
संस्थाबाट अलग हुन र हालसम्म गरेको बचत रकम फिर्ता माग्दा एनएमबी माइक्रोफाइनान्स वित्तीय लघुवित्तले अस्वीकार गरेको समुहकी सदस्य शर्मिला विकले बताईन् ।
हालसम्मको बचत रकम फिर्ता दिन र संस्थाबाट बाहिरिनका लागि कुरा राख्न जाँदा आईतबार एनएमबी माइक्रोफाइनान्स वित्तीय लघुवित्त संस्थाका शाखा प्रवन्धक भुपाल खड्का र बचतकर्ता महिलाबीचमा बाझावाझ चलेको थियो । चर्को भनाभन भएपछि शाखा प्रवन्धक खड्काले ‘प्रहरी लगाइदिने’ धम्की दिएको सदस्य विकले आरोप लगाईन् ।
लघुवित्तका प्रवन्धक खड्काले भने समुहमा आवद्ध महिला प्रकृया पुरा नगरी आएकाले प्रकृया पुरा गरेर आउन भनेको बताए । ‘ग्रुपिङ सेभिङ भएकाले बैठक बसेर समुह खारेज गर्ने, बचत फिर्ता लिने र माइनुट गरेर आउनु पर्ने हुन्छ,’ खड्काले भने, ‘तर उहाँहरु बैठक नबसी बचत फिर्ता माग्दै आउनु भएको थियो । सोमबार समुह खारेज गर्ने र बचत फिर्ता गर्ने निर्णय आएकाले केही दिनमा उहाँहरुको काम हुन्छ ।’
बचत गर्दै उत्पादनमुलक क्षेत्रमा लगानीका लागि २०७३ साल माघ १५ गते १० जना महिला आवद्ध बचत समुह गठन गरिएको थियो । स्थापना कालदेखि मासिक जनही दुई सय रुपैयाँ बचत गर्दै आएका समुहका सदस्यले २०७६ साल जेठदेखि मासिक तीन सय रुपैयाँ बचत गर्दै आएको बताएका छन् । बचत समुह पाँच वर्षका लागि गठन गरिएको थियो ।
बचतकर्ताले माइक्रोफाइनान्सबाट बचत फिर्ता नपाएको विषयमा फोनबाट जानकारी आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए ।फोनबाट गुनासो आएको छ ।
बचत स्वेच्छिक हुन्छ, चाहेको बेला झिक्न सकिन्छ । बोलाएर छलफल गराइदिन्छौँ,’ नगरप्मुख रिजालले भने, ‘जिल्लाका अरु बित्तिय संस्थाको बारेमा पनि धेरै समस्या र गुनासो आइरहेको छ । एकै व्यक्तिलाई पाँच/छ समुहमा राखिदिने र आर्थिकरुपमा समस्या बनाइदिने गरेको सुनिएको छ ।’
एनएमबी माइक्रोफाइनान्स वित्तीय लघुवित्त र लालुपाते महिला समुहबीचमा देखिएको विवादका बारेमा दुबै पक्षलाई बोलाएर छलफल गराउन डिएसपीलाई भनिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
उनीहरुबीचमा के कस्तो सम्झौता छ, डकुमेन्टेसन कस्तो छ ?, त्यो अध्ययन गर्न बाँकी छ,’ प्रजिअ पौडेलले भने, हामीले राखेको पैसा हामीलाई राख्न मन लागेन, झिक्न प¥यो भने पछि झिक्न पाउनु पर्ने हो । अहिले एकोहोरो कुरा मात्र सुनेको छु । दुबै पक्षलाई बोलाएर छलफल गराउनका लागि डिएसपी सावलाई भनेको छु ।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



