सरकार भ्रष्टीकरणको दिशातिर जान थाल्यो : नारायणकाजी
साउन २४ शनिबार, २०७७
खोटाङ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार विधि र पद्दतिअनुसार चल्न नसकेको बताएका छन् । सरकार भ्रष्टीकरणको बाटोतिर जान थालेको बताउँदै यस्तो प्रवृत्तिमा ‘करेक्सन’ नभए ‘नकारात्मक पात्रहरुको भूमिका फेरेर’ भए पनि अगाडि बढ्नुपर्ने उनले बताएका छन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल पार्टीको स्थायी कमिटी सदस्यसमेत हुन् ।
रिमालले शुक्रबार सामाजिक सञ्जालबाटै सचिवालय सदस्य श्रेष्ठलाई ‘इनफ इज इनफ’ भन्दै यसरी गाली गरे, ‘कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् र विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्नुहोस् ।’
रिमालले प्रवक्ता श्रेष्ठलाई यसरी सामाजिक सञ्जालबाटै गाली गर्नुको कारण थियो- बुधबार राजधानी आयोजित पत्रकार भेटघाट कार्यक्रम । र, शुक्रबार दिउँसो सम्पादकहरुसँग म्यारिट होटलमा गर्ने भनेर वीचैमा स्थगन भएको छलफल ।
बुधबार नयाँबानेश्वरस्थित एक कलेजमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले करिब ४० जना पत्रकारहरुसँग भेटघाट गरेका थिए । सो कार्यक्रममा प्रवक्ता श्रेष्ठले सरकार विधि र पद्दतिअनुसार नचलेको बताएका थिए ।
हुनत बुधबारको कार्यक्रममा बोल्ने नारायणकाजी श्रेष्ठ एक्ला थिएनन्, त्यहाँ प्रचण्ड, माधव र झलनाथले पनि बोलेका थिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



