लडेको अशरले होस गुमाएका बालकलाई उपचार खर्च जुट्दै
साउन २५ आइतवार, २०७७
खोटाङ । लडेको अशरका कारण मानसिक सन्तुलन गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९ वर्षीय रोहन कट्वालको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।
२०७२ साल भदौमा विद्यालय गएको अवस्थामा लडेको चोटका कारण मानसिक सन्तुलन गुमाएका रोहनको उपचारमा आर्थिक समस्या भएको पाइएपछि उपचार सहयोग जुटाउन थालिएको हो ।
अपांग सेवा संघ खोटाङ र अपांग सेवा संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कार्य समितिको संयुक्त पहलमा आईतबार रोहनको उपचारका लागि १७ हजार ४७५ रुपैयाँ प्रदान गरिएको छ ।
अपांग सेवा संघमै आवद्ध पदाधिकारी एबं अन्य शुभेच्छुकबाट संकलन भएको रकम खोटाङखबर साप्ताहिकको कार्यालयमा अपांग सेवा संघका जिल्ला अध्यक्ष पृथीकुमार तामाङ र संघका नगर समिति अध्यक्ष उमेशचन्द्र आचार्यले रोहनकी आमा हिरा कट्वाललाई हस्तान्तरण गरेका छन् ।
पहिलो चरणमा संघका जिल्ला अध्यक्ष तामाङबाट २ हजार २५०, नगर समितिका अध्यक्ष आचार्यबाट २ हजार ५५०, राजनप्रसाद आचार्यबाट २ हजार २६५, शारदाप्रसाद ढकालबाट २ हजार ५ सय, प्रेमगीता बस्नेतबाट २ हजार २३५, जयनारायण कट्वालबाट २ हजार १११, भवप्रसाद आचार्यबाट ५ सय, शालिग्राम शर्मा पौडेलबाट १ हजार ५ र दिलीप खत्रीबाट २ हजार ५५ रुपैयाँ सहयोग उठाएर रोहन परिवारलाई प्रदान गरिएको संघले जनाएको छ ।
आवश्यक खर्च व्यवस्था गरेर रोहनको उपचारका लागि अपांग सेवा संघ र अपांग सेवा संघ नगर कार्य समितिले सहयोग अभियान थालेको हो । रोहनलाई सहयोग गर्नका लागि आमा हिरा कट्वालको नाममा सेञ्चुरी कमर्शियल बैंक दिक्तेल शाखामा खोलिएको ०१५००००९२ सि ५ मा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको संघले जनाएको छ ।
बेहोसीमा चलमलाउँछन् रोहन
रोहन अहिले बेहोसीमा यताउती कुदिरहन्छन् । घरभित्रबाट घरी आँगनमा पुग्छन्, घरी घरको पेटीमा पुग्छन् । उनले उताउती कुद्नेक्रममा एक तमासले बोलेको बोली बुझ्न सकिन्न । अरुले बोलेको कुरा पनि उनले बुझ्न सक्दैनन् । किताव कापी बोकेर स्कुल गइरहनुपर्ने उमेरमा रोहनको अवस्था दर्दनाक छ ।
आमा हिरा कट्वालका अनुशार केही उपचारपछि रोहनको स्वास्थ्यमा सामान्य सुधार आएको हो । होसले पूर्णरुपमा काम गर्न छाडिसकेको र बोली बन्द भइसकेको अवस्थामा अपांग सेवा संघ नगर समितिको समन्वयमा सुन्दर ढोका साथी सेवा नामक संस्थाको सहयोगमा २०७६ साल माघ ९ गते मोडेल अस्पतालमा १४ दिन राखेर उपचार गरेपछि रोहन पुःन उठेर बेहोसीमा हिँडडुल गर्न सक्ने भएका हुन् ।
रोहनलाई भारत लैजान सल्लाह दिइएपनि आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा लैजान नसकेको आमा हिराले बताईन् ।
रोहन कक्षा १ मा घरभन्दा तलको वालज्योती प्राविमा पढ्थे । एक दिन उनी चिच्याएर रोएको सुनिएपछि आमा हिरा कुद्दै विद्यालयतर्फ गईन् । विद्यालयभन्दा केही माथि रोहन टाउकाको देब्रेपट्टि र चिउँडोमा गहिरो चोट लागेको र रक्ताम्मे अवस्थामा फेला परे ।
आमा हिराले उनलाई तत्काल जिल्ला अस्पताल पु¥याईन्, चोटमा औषधोउपचार भए । तर २०७२ साल मंसिरदेखि रोहनमा बसेकै ठाउँमा भ्वाक्क–भ्वाक्क ढल्ने समस्या देखियो ।
अकस्मात ढल्दा उनको टाउकाका विभिन्न ठाउँमा घाउ चोटपटक थपिए । ढल्ने समस्या देखिएको १०/१५ दिनमा रोहनलाई कान्ती वाल अस्पताल पु¥याइए । कान्तीले सिफारिस गरेको औषधि ६ महिना खुवाउँदा पनि रोहनको स्वास्थ्यमा सुधार देखिएन ।
उपचारकै खोजीमा उनलाई निसान अस्पतालमा लगिए, निसानले पनि कान्तीले सिफारिस गरेकै औषधिलाई निरन्तरता दिन भने । त्यसपछि हिराले रोहनलाई ओम अस्पतालमा लगिन् । ओमले दिएको औषधि ६ महिना खुवाउँदा निको हुनुको सट्टा शरीरभरी रौं पलाए ।
यसबीचमा रोहनको अवस्था झनै नाजुक बनिसकेको थियो । बोली बन्द भइसकेको थियो, होसले पूर्णरुपमा काम गर्न छाडिसकेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



