पूर्ण सरसफाई सम्बन्धी तीनदिने आधारभूत तालिम सम्पन्न

खोटाङ । को दिक्तेलमा सञ्चालित पूर्ण सरसफाई सम्बन्धी तीनदिने आधारभूत तालिम सम्पन्न भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको आयोजनामा दिक्तेलमा सञ्चालित तालिम बिहिवार सम्पन्न भएको हो ।

वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गर्नका लागि वडामा सरसफाई अभिायानहरु संञ्चालन गर्ने तथा अन्य स्वास्थ्य प्रवद्र्वन सम्वन्धि संञ्चालन हुने विभिन्न क्रियाकलापहरुमा समन्वय, सहकार्य तथा सहजिकरण गर्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका सभापति कुमारसिं बस्नेत जानकारी दिए ।

सभापति बस्नेतका अनुसार स्थानीयले शौचालय प्रयोग, साबुन पानीले हात धुने बानी बसालेको, सुरक्षित पिउने पानी व्यवस्था, सुरक्षित खाना खाने गरेको, सफा घर र आँगनदेखि वातावरण सरसफाई गरेका वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा भएकाले सरसफाईको दृष्टि कोणले अति संकट्टासन्न परिवारको छनौट गरी तालिमको आयोजना गरिएको हो ।

वडा नम्बर २ का ३५ जनाको सहभागिता रहेको तालिमको सहजीकरण लोकमाया थापालगायतले गरेको आयोजकले जनाएको छ ।