बाक्सिलामा फुटबल ग्राउण्ड शिलान्यास
खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिकामा फुटबल ग्राउण्ड शिलान्यास गरिएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित जरङ्खामा निर्माण गरिने फुटवल ग्राउण्ड प्रदेशसभा सदस्य राजन राईले बुधबार शिलान्यास गरेका हुन् ।
फुटबलको व्यवसायिक विकासका लागि करिब ३६ करोडमा पाँच वर्षभित्र पूरा गर्नेगरी अन्र्तराष्ट्रिय मापदण्डको फुटबल ग्राउण्ड निर्माण सुरु गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । स्थानीय नारायणबहादुर गुरुङ, मनकुमार गुरुङ, डिगबहादुर गुरुङ, गंगाबहादुर गुरुङ, धनकुमारी गुरुङ र भूपालसिं गुरुङले २७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि प्याराफिट सहितको फुटबल ग्राउण्ड निर्माणको काम अघि बढाइएको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष माईतीराज राईले बताए ।
केपीलासगढी गाउँपालिकामा खेल मैदान अभाव हुँदा पृथ्वी माविको प्रांगणमा खेलकुद प्रतियोगीता सञ्चालन गर्नुपर्ने बाध्यता अन्त्यका लागि अन्र्तराष्ट्रिय मापदण्डको फुटबल ग्राउण्ड निर्माण गर्न लागिएको हो । १२० मिटर लम्बाई र ८० मिटर चौंडाई हुने फुटबल ग्राउण्डमा करिव १५ हजार दर्शन अट्ने प्याराफिट समेत निर्माण गरिने जनाइएको छ । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारबाट बजेट व्यवस्था गर्दै खेल मैदान निर्माण गर्नेगरी शिलान्यास गरिएको हो ।
गाउँमै खेलकुदको गतिविधिलाई बढाउँदै खेल क्षेत्रमै खेलाडीको भविष्य खोज्ने उद्धेश्यले बाक्सिलामा मापदण्ड अनुशारको खेलमैदान निर्माणको पहल थालिएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



