जसपाका विद्यार्थी केन्द्रीय सदस्यसहित सामाजिक अभियान्ता कांग्रेसमा प्रवेश
खोटाङ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सहित सामाजिक अभियान्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा जनता समाजवादी पार्टीका विद्यार्थी संगठनका केन्द्रीय सदस्य लालबहादुर मगर (एलबी) र सामाजिक अभियान्ता तथा शैक्षिक व्यक्तित्व संयोग राई छन् ।
उनीहरुलाई सोमबार वीपी स्मृती भवन दिक्तेलमा नेपाली कांग्रेसका पार्टी सभापति नरेशकुमार श्रेष्ठले पार्टी प्रवेश गराएको नेपाल तरुण दल खोटाङका उपाध्यक्ष सजय राईले जानकारी दिए ।
नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद खोटाङका सह–सचिव, नेपाल मगर संघ विद्यार्थी संघ खोटाङका अध्यक्ष, पर्यटन संरक्षण तथा सम्वद्र्धन समिति खोटाङका सचिव हुन् ।
कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापति श्रेष्ठ, जिल्ला सचिव इच्छु राना, जिल्ला सदस्यद्धय प्रकाशकुमार श्रेष्ठ र उमेशचन्द्र आचार्य, क्षेत्र नं. २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराई, नेपाल तरुण दल जिल्ला कार्य समितिका उपाध्यक्ष सन्जय कुमार राई, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष मिलन कसजु, नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ प्रदेश नं. १ का सदस्य गोमा राई लगायतको उपस्थिति थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



