सडकको पर्खालमा गुणस्तरहिन गिटी तथा बालुवा
खोटाङ । गाईघाट–दिक्तेल सडक अन्तरगत खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काममा गुणस्तरहिन गिटी तथा बालुवा प्रयोग भइरहेको पाइएको छ ।
जिल्लाको महुरे–फोक्सिङ्टार सडक खण्डमा पर्ने महुरे–सिमपानी सडक खण्डमा निर्माण व्यवसायी भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले पाखाको गिटी तथा गुणस्तरहिन बालुवा प्रयोग गरिरहेको पाइएको स्थानीयले बताएका छन् ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको माटोखानी (साविकको राजापानी–२) मा सव–बेस ओछ्याउनका लागि पाखाबाट ल्याइएको गिटीलाई नै ढलानको काममा प्रयोग गरिरहेको पाइएको वडाध्यक्ष सन्तोष खत्रीले बताए ।
शुक्रबार डे«न निर्माणकाक्रममा पाखाबाट उठाएर ल्याइएको सव–बेस गिटीलाई प्रयोग गरिरहेको पाइएपछि वडाध्यक्ष खत्रीको पहलमा रोक लगाइएको थियो ।
स्थानीय दिनेश बुढाथोकीका अनुशार सडकको वाल निर्माणको काममा भित्ताको रातो रंगको ‘गेगरे र खस्रो’ माटोलाई बालुवाका रुपमा प्रयोग गरिरहेको पाइएको छ ।
भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीका साइड इन्चार्ज नविन मैनालीले सडकको काममा क्रसरको गिटी र खोलाको बालुवा प्रयोग भइरहेको दाबी गर्नुभएको छ । निर्माणस्थलमै खटिइरहेका दिक्तेल सडक आयोजनाका सुपरभाइजर बिन्देश्वर शाहले पनि गुणस्तरिहिन गिटी तथा बालुवा प्रयोगका विषयमा जानकारी नभएकोे बताए ।
गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङभित्र पर्ने सिमपानीभञ्ज्याङदेखि महुरेसम्मको २२ किलोमिटर खण्डको कालोपत्रेका काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी र फोक्सिङटारदेखि सिमपानीभञ्ज्याङसम्मको २७ किलोमिटर खण्डको काम देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले गरिरहेको छ ।
महुरे–सिमपानी (राजापानी) खण्डमा गुणस्तरहिन काम भएको भन्दै स्थानीयले २०७६ साल पुस २३ गते करिब ३० मिटर ड्रेन भत्काइदिएका थिए । सडकको गुणस्तरका बारेमा जनताले पटक–पटक गुनासो गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले बताइन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



