चिसापानीमा पुरुष खुला भलिवल प्रतियोगिता जारी

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा पुरुष खुला भलिवल प्रतियोगिता जारी रहेको छ । युवापंक्तिलाई खेल क्षेत्रप्रति आकर्षित गर्दै खेलकुदको बृद्धिविकासका लागि नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको संयूक्त आयोजनामा गरिएको चार दिने पुरुष खुला भलिबल प्रतियोगीता जारी रहेको हो । चिसापानी माविको प्रांगणमा आयोजना गरिएको भलिवल प्रतियोगीता पूर्व बनराज्यमन्त्री शिवकुमार बस्नेतले शनिवार उद्घाटन गरेका हुन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका”१ याम्खा र बराहपोखरी गाउँपालिका बीचमा भएको पहिलो खेलमा बराहपोखरीले जितेको छ । यस्तै, हर्कराज राई स्मृति प्रतिष्ठान र जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर ४ बीचमा भएको खेलमा हर्कराज राई स्मृति प्रतिष्ठानले जितेको छ भने हलेसी तुवाचुङ नगरपालिका र जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर १ बीचमा भएको खेलमा हलेसी तुवाचुङ नगरपालिका जितेको छ ।

मंगलबारसम्म सञ्चालन हुने प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख १ हजार, दोश्रो हुने टिमले ५१ हजार र तेश्रो टिमले ३१ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेपाल विद्यार्थी संघ खोटाङका सभापति राजकुमार बस्नेतले बताए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा अनुशासीत खेलाडीलाई उचित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

१२ टिमको सहभागीता रहेको नकाउटका आधारमा खेलाइएको भलिवल प्रतियोगीतामा खोटाङ बाहेक उदयपुरको चौदण्डीगढी नगरपालिका, सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १६ र भोजपुरको रामप्रसाद राई गाउँपालिकाबाट समेत खेलाडीको टिम आएको नेपाल विद्यार्थी संघ खोटाङका सभापति बस्नेतले जानकारी दिए ।