माल्टामा भएको अनलाइन काँता विश्व च्याम्पियनसिपमा नेपाल च्याम्पियन

खोटाङ । माल्टामा आयोजित सितोरियो करातेको ओटिडव्लु अनलाईन काँता विश्व च्याम्पियनसिपमा नेपाल च्याम्पियन बनेको छ ।

कोभिड–१९ को महामारीका कारण माल्टाले भर्चुअल माध्यमबाट आयोजना गरेको २१ वर्षदेखि ३५ वर्ष उमेर समुह अन्तरगत तेश्रो केवाइयू महिला प्रतिष्पर्धामा नेपालका खेलाडीले तीन वटै शिर्ष स्थानमा कब्जा जमाएको छ ।

आइतबार प्रकाशित नतिजा अनुशार नेपालकी रोश्मा राईले प्रथम, सुमना राईले दोश्रो र विद्याकला राईले तेश्रो स्थान प्राप्त गरेकी छन् । पहिलो र तेश्रो स्थान प्राप्त विजेता नेपाल सितोरिया कराते संघ खोटाङमा आवद्ध खेलाडी हुन् ।

दोश्रो स्थान प्राप्त खेलाडी धरान रंगशाला डोजोकी खेलाडी हुन् । गत अगष्टमा आयोजना गरिएको प्रतियोगीतामा नेपाल, इटाली, इङल्याण्ड, रोमानीय, जापान र माल्ट्राका १६ जना खेलाडीको सहभागी रहेको थियो ।