जन्तेढुंगा गाउँपालिकाले म्याद गुज्रेका उपभोग्यवस्तु जफत गरेर नष्ट
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले म्याद गुज्रेका उपभोग्यवस्तु जफत गरेर नष्ट गरेको छ। नागरिकको स्वास्थ्यलाई ध्यान दिएर बुधबार गरिएको बजार अनुगमनकाक्रममा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा फेला परेको म्याद गुज्रेका उपभोग्य सामग्री बिहीबार नष्ट गरिएको हो।
गाउँपालिकाका उपाध्यक्ष एबं गाउँपालिका उपभोक्ताहित संरक्षण समितिका संयोजक विमला राई नेतृत्वको अनुगमन समितिले चिसापानीबजारका विष्ट किराना स्टोर एण्ड सप्लायर्सबाट २४ वटा लिची जुस, धन किराना पसलबाट २२० वटा लिची जुस, रेबिका स्टोरबाट ९७ वटा रेडबुल, विवेक किराना स्टोरबाट ९६ वटा लिच्ची जुस र राम किराना पसलबाट १६ वटा डाबर टुथपेस्ट जफत गरेको थियो।
अनुगमन टोलीले निलम मेडिकल हलबाट रेनिटेडिन–१५० एमजीको २४ वटा ट्याब्लेट समेत बरामद गरेर उपभोग्यवस्तुसँगै नष्ट गरेको जनाएको छ। कोरोना महामारीकाबीच दशैं तिहारजस्ता चाडवाड नजिकिँदै गर्दा गाउँपालिकाले बजार अनुगमन गरेको हो।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



