कांग्रेस कमजोर छैन : महामन्त्री कोइराला
खोटाङ । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंसाक कोइरालाले पार्टीभित्र गुटउपगुटको अन्त्य गर्दै एकताबद्ध भएर अगाडी बढे कांग्रेसलाई मुलुकको पहिलो पार्टी बन्न कुनै तागतले रोक्न नसक्ने बताएका छन् । नेपाली कांग्रेस जन्तेढुङगा गाउँपालिका खोटाङले मंगलवार चिसापानीमा आयोजना गरेको जननायक विश्वेश्वरप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई संवोधन गर्दै कोइरालाले कांग्रेस कमजोर नभएको बताएका हुन ।
कांग्रेसले मुलुकका लागि धेरै काम गरेको सवैलाई जानकारी नै रहेकोले आफुले भविष्यबाणी गर्न नखोजेको बताउँदै कोइरालाले चुनावमा तल पर्दै गर्दा निरास हुनुपर्ने अवस्था छैन अर्को चुनावमा कांग्रेस पहिलो पार्टी बन्नेमा कार्यकतालाई ढुक्क हुन आग्रह गरे ।
कोइरालाले आफु कसैको खिलापमा नबोल्ने बताउदै कांग्रेसको योजना नेपाललाई समृद्ध बनाउँने थियो तर, दुर्भाग्यवस चुनावमा पराजित भएको कारण काम गर्ने अवशर प्राप्त नभएको उल्लेख गरे । ‘कांग्रेस केही प्राविधिक कारणले मात्र पराजय भएको हो उनले भने, आगामी दिनमा कांग्रेसले आन्तरिक समस्या हल गर्दै आउँदो चुनावका लागि योजना निर्माण गर्नतर्फ लागेको छ ।’
कोइरालाले कांग्रेसले २० बर्षको अवधिमा ८४ हजार सडक निर्माण निर्माण गरेको, देशमा एउटा मात्र मेडिकल कलेज रहेकामा करिव २ दर्जन मेडिकल कलेज स्थापना गर्ने वातावरण सिर्जना गरेको, एउटा मात्रै विश्वविद्यालय रहेकाले मुलुकमा अरु पनि सञ्चालनमा ल्याउँनुपर्छ भन्दै १५ वटा विश्वविद्यालय सञ्चालनमा ल्याएको समेत उनले दावी गरे ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



