‘गोरेटो अभियान्ता’ नामक पत्रिका प्रकाशन सुरु
कोरोना महामारीको मारमा परेका विद्यार्थीलाई लक्षित गर्दै मोरङको मिक्लाजुङ गाउँपालिका–३ टाँडीस्थित कालिका माविले ‘गोरेटो अभियान्ता’ नामक पत्रिका प्रकाशन सुरु गरेको छ ।
कोभिड–१९ का कारण विद्यार्थीको मनोविज्ञानमा नकरात्मक असर पर्न नदिन तथा उनीहरुको लेखपढ गर्ने बानीको निरन्तरताका लागि संविधान दिवसको अवशर पारेर विद्यालयको सिभिल इन्जिनियरिङ विभागले पत्रिका प्रकाशन सुरु गरेको हो ।
बालबालिकाको सिर्जनात्मक क्षमताको विकासमार्फत कोरोना सन्त्रासको समयमा भयरहित जीवनयापनमा सहयोग पुर्याउन पत्रिका प्रकाशन सुरु गरिएको सिभिल इन्जिनियरिङ विभागका प्रमुख ई. सुजन खड्काले बताए ।
‘वालवालिकाको कलिलो मष्तिष्कमा सकरात्मक र रचनात्मक सोचको अभिवृृद्धि गर्दै वाल प्रतिभालाई प्रोत्साहन गर्न, साहित्य अध्ययन र रचनाप्रति रुचि बढाउन पत्रिका प्रकाशन सुरु गरिएको हो,’ खड्काले भने, ‘खोज र अनुसन्धामुलक क्षमताको विकास गर्ने तथा वालवालिकाको सिर्जनात्मक क्षमताको विकासमार्फत भयरहित जीवनयापनमा सहयोग पुर्याउने हाम्रो लक्ष्य हो ।’
कोभिड–१९ का कारण विद्यालयमा ताल्चा लाग्दा ६ महिनादेखि घरको चौघेरामा थुनिएका विद्यार्थीलाई सिर्जनशिल अध्ययन एबं लेखनमा प्रोत्साहित गर्ने विकल्पको खोजीमा पत्रिका प्रकाशनलाई अघि सारिएको हो ।
पत्रिकामा लेख, निबन्ध, कथा, कविता, नीति श्लोक, बाल गीत, गजल, सायरी,राष्ट्रिय खुल्ला निबन्ध प्रतियोगिता लगायतका विषयवस्तु समेटिएका छन् ।
२०३४ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १२ सम्मको अध्ययन/अध्यपन भइरहेको छ । साधारण धारसँगै प्राविधिकतर्फ कक्षा ९ र १० मा सिभिल इन्जिनियरिङ (सव–इन्जिनियर तह)को पठन–पाठन हुँदै आएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



