बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्झौता
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले तीन वटा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको तयारी थालेको छ । विभिन्न स्थानीय तहमा ‘फेक डकुमेन्ट’ खडा गरेर सामाजिक सुरक्षा चुहावट भइरहेको खबर बाहिर आइरहेको अवस्थामा हलेसी तुवाचुङ नगरपालिकाले ११ वटा वडाका लाभग्राहीलाई माछापुछ« बैंक, सालपा विकास बैंक र सेञ्चुरी बैंकको महादेवस्थान शाखाबाट सामाजिक सुरक्षा भत्ता वितरणको तयारी गरेको हो ।
ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक (दलित), ज्येष्ठ नागरिक एकल महिला, विधवा, क र ख वर्गका अपांग र दलित बालबालिकालाई पारदर्शी रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि तीन वटा बैंकसँग सम्झौता गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।
चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि सबै लाभग्राहीलाई नेपाल सरकारले जारी गरेको ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ बमोजिम बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई बैंकिङ प्रणालीमा लैजानका लागि सोमबार प्रमुख राई र उपप्रमुख बिमला राईले तीन बैंकसँग सम्झौता गरेका हुन् ।
आगामी दोश्रो चौमासिकदेखि माछापुच्छ्रे बैंक, सालपा बिकास बैंक र सेञ्चुरी बैंकले आ–आफ्नो क्षेत्रमा पर्ने वडामा पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौतामा उल्लेख छ । नगरपालिकामा महिला १ हजार ८३१ जना र पुरुष १ हजार ११४ जना गरी २ हजार ९४५ जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही छन् ।
माछापुच्छ्रे बैंकबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौैले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने छ ।
यस्तै, सालपा बिकास बैंकबाट हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार र हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता भएको छ । सेञ्चुरी बैंकबाट हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने नगरप्रमुख राईले बताए ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मै बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि माछापुच्छ्रे बैंकसँग सम्झौता गरेको थियो । सम्झौता अनुशार २०७६ साल असारमा बैंकमार्फत चौथो चौमासिकको भत्ता वितरण गर्दा २५ लाख रकम फिर्ता भएको नगरप्रमुख राईले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



