रनिङ शिल्ड प्रतियोगिताको पहिलो उपाधि तरुण दललाई

खोटाङ । शान्ति निकेतन मिनाकर्ण मावि सापातेल छोरम्बुले विद्यालयको ६३ औं जन्मजयन्ती तथा दिपावलीको उपलक्ष्यमा आयोजना गरेको पुरुष भलिवल रनिङ शिल्ड प्रतियोगीता पहिलो उपाधि नेपाल तरुण दल क्षेत्र नम्बर २ ले हात पारेको छ । सोमवार सम्पन्न भएको खेलमा हलेसी तुवाचुङ नगरपालिका” ११ राजापानीलाई हराउँदै नेपाल तरुण दलले पुरुष भलिवल रनिङ शिल्ड प्रतियोगीताको पहिलो उपाधि हात पारेको हो । हारसँगै हलेसी तुवाचुङ नगरपालिका”११ राजापानी दोश्रो भएको छ ।

शान्ति निकेतन मिनाकर्ण मावि सापातेल छोरम्बुको खेलमैदानमा आयोजना गरिएको प्रतियोगीतामा दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर ४ बतासेलाई हराउदै दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर ३ छोरम्बु तेश्रो र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर ४ बतासे सान्तवना भएको छ । यो जितसंगै तरुण दलले लगातार तीन पटक शिल्ड जित्न सफल भएकोे छ ।

मिनाकर्ण ट्रष्ट काठमाण्डौको प्रायोजनमा भएको प्रतियोगीतामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना स्थान प्राप्त टिमलाई क्रमश ः ५० हजार ५, ३० हजार ५, २० हजार ५ र ५ हजार ५ नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रअ नानीबाबु बस्नेतले जानकारी दिए । दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि भुपेन्द्र राईले उद्घाटन गरिएको खेलमा जिल्लाका १६ टिमले प्रतिष्पर्धा गरेका थिए ।

यस्तै, रनिङ शिल्ड प्रतियोगीताकै अवशरमा आयोजना गरिएको खुल्ला नृत्य प्रतियोगीतामा पनि गरेको छ । प्रतियोगितामा जनता मावि भण्डारीडाँडा बतासेका एलिसा सिवा र पवित्रा राईको टिम प्रथम, याङसोलाकी रमा राई द्धितिय, छोरम्बुका रेनुका राई, मेलिना राई, मिना तामाङको टिम तृतिय भएको आयोजकले जनाएको छ ।

प्रतियोगीतामा पहिलो, दोश्रो, तेश्रो स्थान प्राप्त टिमलाई क्रमशः २ हजार पाँच, १ हजार ५ सय ५ र १ हजार ५ नगद पुरस्कार प्रदान गरिएको थियो । विजेता टिमलाई दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि भुपेन्द्र राई, सशस्त्र प्रहरीका पूर्व प्रहरी महानिरिक्षक तथा विद्यालयका प्रमुख संरक्षक सनतकुमार बस्नेत, दिप्रुङ चुइचुम्मा गाउँपालिका उपप्रमुख सपना राई लगायतले शिल्ड तथा पुरस्कार प्रदान गरेका थिए ।