घुम्ती शिविरको आयोजना गरेर गाउँपालिकाले ५०४ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र
खोटाङ । खोटाङको साकेला गाउँपालिकाले ५०४ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ । बिभिन्न वडामा घुम्ती शिविरको आयोजना गरेर गाउँपालिकाले ५ वडामध्ये ४ वडाका ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको हो । राज्यबाट प्रदान गरिएका सेवासुविधा लिनका लागि अनिवार्य परिचयपत्र आवश्यक पर्ने भएकाले उनीहरुको सहजताका लागि गाउँपालिकाले ६० वर्षमाथिका नागरिकलाई वडामै पुगेर परिचयपत्र बाँडेको हो ।
साकेला गाउँपालिका–२ रतन्छाका १७८ जना, साकेला गाउँपालिका–३ खिदिमाका ११४ जना, साकेला गाउँपालिका–४ मानेभञ्ज्याङका ११६ जना र साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङका ९६ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका सामाजिक तथा आर्थिक विकास अधिकृत दुर्गाबहादुर राईले बताए । गाउँपालिकाको केन्द्रसम्म आइनपुगेका बृद्धबृद्धालाई सहजताकासाथ परिचयपत्र दिलाउने उद्धेश्यकासाथ गाउँपालिकाले बुधबारदेखि शनिबारसम्म परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गरेको हो ।
शिबिरका माध्यमबाट यस अवधिमा ६७ जना फरक क्षमता भएका नागरिकलाई पनि परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । साकेला गाउँपालिका–२ रतन्छाका ११ जना, साकेला गाउँपालिका–३ खिदिमाका २१ जना, साकेला गाउँपालिका–४ मात्तिमका २३ जना र साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङका १२ जनालाई फरक क्षमताको परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ज्येष्ठ नागरिक र फरक क्षमता भएका नागरिकलाई भने समय अभावका कारण तिहारपछि परिचयपत्र वितरण गरिने गाउँपालिका प्रमुख अर्जुन खड्काले बताए ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



