नेविसंघ खोटाङले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
खोटाङ । सरकारले संवैधानिक परिषद सम्वन्धी अध्यादेश ल्याएको बिरोधमा नेपाल विद्यार्थी संघ खोटाङले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
संसद अधिबेसन छलेर अलोकतान्त्रिक तरिकाले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी, पहिलो संशोधन) अध्यादेश २०७७ ल्याएको भन्दै नेविसंघले बुधबार बिहान दिक्तेलको वेशक्याप्पमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
कांग्रेस पार्टी कार्यालयबाट नारा जुलुस लगाउँदै निस्किएको नेविसंघका नेता तथा कार्यकर्ताले बेस क्याम्पमा पुगेर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
सरकारको पछिल्लो कदम सर्वसत्तावादी भएकाले बिरोधमा पुत्ला दहन गरेको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजकुमार बस्नेतले बताए ।
‘आम नागरिकको अपेक्षा र संविधानको निर्देशन विपरीत राष्ट्रपति र प्रधानमन्त्रीले निरन्तर कदम चाल्नु भनेको निरंकुशताको अभ्यास हो, दुर्घटनाको संकेत हो,’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको पतनको दिन धेरै टाढा छैन । यसले मुलुकलाई गहिरो भासमा पु¥याउँदैछ । सधैं यस्तै नहोला । भोलीको पुस्ताले यसको हिसाव–किताव अवश्य चुक्ता गर्नेछ ।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



