संसद विघटनको विरोधमा खोटाङमा प्रचण्ड–माधव समूहको विरोध प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले खोटाङमा ‘शक्ति प्रर्दशन’ गरेको छ । संसद विघटनको विरोधमा मंगलबार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहले दिक्तेलबजारमा ‘शक्ति प्रर्दशन’ गरेको हो ।

दिक्तेलको हेलीप्याबाट सुरु भएको विरोध प्रर्दशनसंगै संसद विघटनको विरोधमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहले दिक्तेलका ६ स्थानमा कोणसभा गर्दै बिरोध प्रदर्शन गरेको थियो ।

हेलीप्याडमा भएको कोणसभालाई पूर्वसभाषद एबं नेकपाका केन्द्रिय कमिटि सदस्य दुर्गाजयन्ती राई, सचिवालय सदस्य भागवत घिमिरे र अगमसिं राईले, रत्नपार्कमा भएको कोणसभालाई प्रदेश कमिटि सदस्य ध्रुब बुढाथोकी र जिल्ला कमिटि सदस्य नरेश राईले, पुरानो बेसक्याम्पमा केन्द्रिय सदस्य एबं सभासद समिता कार्की र जिल्ला कमिटि सचिवालय सदस्य खडेन्द्र राईले सम्बोधन गरेका थिए ।

यस्तै, भानुचोकमा भएको कोणसभालाई प्रदेश कमिटि सदस्य सुरेश राई र जिल्ला कमिटि कार्यालय सदस्य जलसेर राईले तथा त्रिबेणीचोकमा भएको कोणसभालाई केन्द्रीय सदस्य एबं प्रदेश सांसद रामकुमार राई, प्रदेश कमिटि सदस्य एबं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ र जिल्ला अध्यक्ष देवान किरातीले सम्बोधन गरेका थिए ।

प्रर्दशनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘तानाशाह केपी ओली मुर्दावाद’, ‘ओली तेरो पाराले दुःख पाए साराले जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।