मुलुकमा देखिएको वर्तमान समस्याको निकास निर्वाचन : डा. शेखर कोईराला
खोटाङ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले मुलुकमा देखिएको वर्तमान समस्याको निकास निर्वाचन मात्र भएको बताएका छन् । नेपाल प्रेस यूनियन खोटाङले शनिबार त्रिधार्मिकस्थल हलेसी परिषरमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. कोईरालाले निर्वाचन नभए देशमा अप्ठ्यारो परिस्थिति सिर्जना हुने र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चलखेल बढ्नसक्ने भएकाले सकेसम्म चाँडो निर्वाचनमा जानुपर्ने बताएका हुन् ।
‘अव देशलाई निकास दिन र संसद चल्नका लागि हामीसित निर्वाचन बाहेक अर्को निकास छैन । निकासको निम्ति निर्वाचन चाहिन्छ । नत्र संसद चल्दैन । संसदमा हंगामा भइरहन्छ र देश अप्ठ्यारो परिस्थितिमा जान सक्छ । अप्ठ्यारो परिस्थितिमा देश जाँदा राष्ट्रिय र अन्र्तराष्ट्रिय चलखेल बढ्न सक्छ,’ कोईरालाले भने, ‘अवको निकासको बाटो भनेको निर्वाचन नै हो । तर, त्यो निर्वाचन बहुमतको सरकारले गर्न सक्दैन भन्ने नजिर बसिसक्यो । त्यसका लागि अल्पमतको सरकार आवश्यक छ । त्यतातिर कांग्रेसले पहल गर्नुपर्छ ।’
वर्तमान संसद अनिर्णयको बन्दी बनेको बताउदै डा. कोईरालाले सर्वोच्च अदालतले संसद पुःर्नस्थापना गरेपनि हालसम्म संसद चल्न नसक्दा अनिर्णयको बन्दी बन्न पुगेको बताएका हुन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई व्यूँताएपछि मुलुकमा झनै जटिलता थपिएको डा. कोईरालाले बताएका छन् । ‘फागुन ११ गते संसद पुःर्नस्थाना भयो । फागुन २३ गते संसदको पहिलो बैठक राखियो । त्यो बैठकमा जुन दृश्य देखियो, त्यो दृश्यले संसद अनिर्णयको बन्दी बन्यो भन्ने देखाउँछ ।
संसद अनिर्णयको बन्दी बनिसकेपछि सरकारको औचित्य रहँदैन,’ डा. कोइरालाले भने, ‘सर्वोच्चको दोश्रो निर्णयले त झनै अप्ठ्यारो परिस्थिति सिर्जना गरिदियो, जटिलता थपिदियो । नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत स्थानमा फर्कनु भनिदियो । एउटै पार्टी बनेर अघि जाने हो भने निर्वाचन आयोगमा दल दर्ता गराउनु भन्यो । सर्वोच्चले आफ्नो निर्णय दियो तर निर्वाचन आयोग नै अनिर्णयको बन्दी बन्यो । आयोगले पहिल्यै निर्णय दिन सकेको भए सायद सर्वोच्चले यस्तो निर्णय गदैन्थ्यो होला ।’
डा. कोईरालाले विप्लव र रेशम चौधरीलाई सत्ता साझेदारीको ‘टुल्स’ बनाइनु गलत भएको धारणा राखेका छन् । ‘बडा विचित्र छ यो देश । विप्लवलाई नेकपामा ल्याइयो, कति ठाउँमा त ताण्डव नृत्य देखाइयो । त्यो सही, रेशम चौधरी गलत भन्ने हुँदैन । विप्लव पनि गलत हो, रेशम चौधरी पनि गलत हो,’ कोइरालाले भने, ‘राजनीतिमा कसलाई ल्याउँदा देशको अभिष्ट पुरा हुन्छ त्यो इम्पोटेन्ट कुरा हो । कसलाई ल्याउँदाखेरी देशलाई फाईदा हुन्छ भन्नेमा हाम्रो ध्यान गएको छैन ।’
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता नगरेसम्म वर्तमान सरकार कायम रहने उल्लेख गर्दै कोइरालाले कांग्रेसलाई सरकारमा जाने हतारो नभएको बताए । कोइरालाले कांग्रेसको महाधिबेसनमा सभापतिमा उम्मेद्वारी दिने तयारी गरिरहेको जानकारी दिएका छन् ।
नेपाल प्रेस यूनियन खोटाङका अध्यक्ष उत्तम चौलागाइँको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांंग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठ, नेपाली कांंग्रेसका पूर्व केन्द्रीय सदस्य बिदुरप्रसाद पौडेल, नेपाली कांंग्रेस खोटाङका पूर्व सभापति तथा महासमिति सदस्य बिष्णुकुमार राई, नेपाली कांंग्रेस खोटाङका पूर्व सभापति तथा महासमिति सदस्य सुवाश कुमार पोखरेल, महाधिवेशन प्रतिनिधि बिमला राई, नेपाली कांंग्रेस मोरङका सचिव नागेश कोइराला, नेपाली कांंग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशी, नेपाली कांंग्रेस खोटाङका जिल्ला सदस्यहरु सुमनवावु आचार्य, प्रकाशकुमार श्रेष्ठ, चक्र राई, कृष्णप्रसाद भट्टराई, डिल्लीकुमारी आचार्य, खोटाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति तथा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई लगायतको उपस्थििति रहेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



