दिक्तेलमा खुल्यो डान्स सेन्टर

खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा डान्स सेन्टर खुलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका विबोईङ डान्सर जसधन राई (अनिल)ले दिक्तेलबजारमा पावर मुभ डान्स स्टुडियो खोलेका हुन् ।

हिपहप, बिबोईङ, पपिङ, केपप, जुम्बा, नेपाली कल्चरल, सोलो, हाउस, क्रबलगायतका डान्स सिकाउने लक्ष्यका साथ नगरपालिकाको पुरानो कार्यालय रहेको घरमा स्थापना गरिएको डान्स सेन्टरको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष निर्मल राईले शनिबार उद्घाटन गरेका हुन् ।

६ महिनाको आधारभुत तथा सोभन्दा बढि अवधिको एडभान्स तालिम सञ्चालन गरिने पावर मुभ डान्स स्टुडियोले जनाएको छ । हाल दैनिक बिहान ५ देखि ६ बजेसम्म, ६ बजेदेखि ७ बजेसम्म तथा बेलुका ४ बजेदेखि ७ बजेसम्म डान्स कक्षा सञ्चालन भइरहेको छ ।

हाल डान्स सिक्ने विद्यार्थीको भर्ना भइरहेको छ । आर्थिकरुपमा विपन्न तर डान्स सिक्न इच्छुक विद्यार्थीलाई निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाइएको जनाइएको छ । जिल्लामा माग अनुसारको डान्स सिकाउने लक्ष्यका साथ डान्स सेन्टर स्थापना गरेको नृत्य प्रशिक्षक रहेका राईले बताए ।