किसान ………….
साँझ र बिहान गर्छन् नि काम खेतमा किसान
आफ्नो काम गर्न खेतबारी खन्न अप्ठ्यारो नमान।
अदभूत शक्ति धरति फोर्ने परिश्रम विचित्र
पाएका वरदान किसानहरुको मन झन पवित्र ।।
किसान जस्तो असल मान्छे धर्तिमा पाइन्न
किसान नभए हाट्मा केहिको थुप्रो नि लाईन्न ।
आफुलाई खान मात्र हैन सबलाई खुवाउने
उब्जाउँछन् किसान अन्न र पात सबैलाई रुचाउँने।।
किसान हेर बिश्वकै आहा! सब भन्दा महान
परिश्रम गर किसान जस्तै बिदेश नहान्य।
अडिग भइ मेहेनत गरि फलाए अन्नपात
किसानले जस्तो परिश्रम गरे पर्दैन फिजार्न हात ।।
खोला र खोल्सि वनमा हावा सुसाइ बहन्छ
किसान तिम्ले लगाको गुण जुगजुनि रहन्छ ।
कसैले सोधे संसारमा असल सबभन्दा को छ हँ ?
उत्तर दिन्छु नडराई भन्छु झटपट “किसान” म ।।
करुणा राई
कक्षा -९
महेन्द्रोदय मा.वि ओख्रे
दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ डाँडागाउँ खोटाङ
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



