बार्षिक उत्सवको अबसरमा सात पत्रकार सहित एक युवा उद्यमी पुरस्कृत
खोटाङ/ खोटाङको हलेसी तुवाचुङ नगरपालिका भित्र आधारभूमि बनाएर प्रकाशन भईरहेको तुवाचुङ साप्ताहिक पत्रिकाले दोश्रो वार्षिक उत्सवको अवसरमा सातजना पत्रकारलाई पुरस्कृत गरेको छ ।
बुधबार हलेसी तुवाचुङ नगरपालिका-७ हलेसीस्थित होटल भिलेजमा दोश्रो वार्षिक उत्सव मनाउँदै साप्ताहिकले सातजना पत्रकार र एकजना युवा उद्यमीलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा पत्रकार चिसाङ शेर्पा, रामधन राई, सुर्य तामाङ, दीपक राई, नवीन चाम्लिङ राई, असल चरित्र, शिवकुमार राई रहेका छन् । पत्रकारलाई जनही १५ हजार नगदका साथमा प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको तुवाचुङ साप्ताहिकका प्रकाशक/सम्पादक दीपेन्द्र राईले जानकारी दिनु भयो ।
पत्रकार चिसाङ शेर्पा र शिवकुमार राई लाई स्वर्गीय सिजन राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार, रामधन राई लाई स्वर्गीय इन्द्रसेर राई/गउनसरी राई तुवाचुङ पत्रकारिता पुरस्कार, सुर्य तामाङ लाई स्वर्गीय मेघराज राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार, नविन राई लाई तुवाचुङ मारतिका यातायात प्रा:लि तुवाचुङ साप्ताहिक साहसिक पत्रकारिता पुरस्कार तथा दीपक राई र असल चरित्र लाई रुनिशा राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कारवाट पुरस्कृत गरिएको हो ।यस्तै, स्वर्गीय कृष्णध्वज राई तुवाचुङ साप्ताहिक युवा उद्यमी पुरस्कारवाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका चाम्लिङ तृष्णा ऋण तथा बचत सहकारी लिमिटेडका अध्यक्ष ईन्द्र चाम्लिङलाई पुरस्कृत गरिएको जनाइएको छ ।
पुरस्कृत पत्रकार तथा उद्यमीलाई वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि तथा हलेसी तुवाचुङ नगरपाकिाका नगरप्रमुख इवन राईले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



