पत्रकार शेर्पा केएफए पत्रकारिता पुरस्कारवाट पुरस्कृत
खोटाङ/ खोटाङका क्रियाशिल पत्रकार समायोजन खबर डटकमका सन्चालक/ अध्यक्ष चिसाङ शेर्पा खोटाङ फुटवल एकेडेमी (केएफए) खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । सोमबार सम्पन्न केएफएको ‘खेलकुद पत्रकारिता पुरस्कार’वाट शेर्पा पुरस्कृत भएका हुन्।
एकेडेमीले चैत ४ गते वाट सुरुवात गरेको अन्तर क्लव पुरुष फुटवल प्रतियोगिता समापनका दिन शेर्पालाई खोटाङ फुटवल एकेडेमी काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष तुलाराज भण्डारीले ६ हजार ६६६ नगद पुरस्कार राशी सहित प्रमाणपत्र प्रदान गरेको हो ।
जिल्लामा क्रियाशलि पत्रकार शेर्पा नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका सह–सचिव साथै एपीवान टेलिभिजनका जिल्ला संवाददाता र हिमालय टाइम्स दैनिकका जिल्ला संवाददाता समेत रहेर काम गरिरहेका छन् ।
खोटाङ फुटवल एकेडेमी दिक्तेलको स्थापनाकाल देखी हरेक गतिविधिहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार र विभिन्न सामाजिक सञ्जालहरुसँग सम्वन्ध कायम गर्न खेल्नु भएको महत्वपूर्ण योगदानको कदर गर्दै जिल्लाको खेलक्षेत्रलाई पत्रकारिताको माध्यमबाट प्रचारप्रसार गर्नमा महत्वपूर्ण योगदान गरेकाले पत्रकार शेर्पालाई पुरस्कृत गरिएको खोटाङ फुटवल एकेडेमी दिक्तेलका अध्यक्ष नुरकाजी सैंजुले बताए ।
पछिल्लो समय जिल्लामा कृयाशिल पत्रकार शेर्पा हाल सम्म एक दर्जन भन्दा बढी विभिन्न बिधामा पुरस्कृत भइसकेका छन् । हरेक पुरस्कारले आफुले चलाएको कलमको सफलता भन्दा पनि सफलता सम्म पुग्न टेवा पुर्याएको शेर्पाको बुझाई रहेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



