अन्तर क्लबस्तरीय फुटबलको उपाधि युवा जागरण क्लब दिक्तेलको हातमा
खोटाङ / खोटाङको दिक्तेलमा सम्पन्न दोस्रो अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि युवा जागरण स्पोर्टस् क्लब दिक्तेलले हाता पारेको छ ।
‘खेलकुदको अभियान खोटाङको पहिचान’ भन्ने नाराका साथ दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सोमबार भएको सम्पन्न फाइनल खेलमा बाहुनीडाँडा फुटबल क्लबलाई शुन्यका विरुद्ध एक गोल गर्दै युवा जागरण फुटबल क्लब दिक्तेलले प्रतियोगिताको प्रथम उपाधि आफ्नो कब्जामा पार्न सफल भएको हो ।
प्रतियोगिताका प्रथम उपाधि चुम्ने युवा जागरण फुटबल क्लबले रु ८८ हजार ८८८ तथा दोस्रो हुने बाहुनीडाँडा फुटबल क्लबले रु ४४ हजार ४४४ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका सेमिफाइन लिस्ट दुई समूह खोटाङ फुटबल एकेडेमी (केएफए) र नेर्पा स्पोर्टस् क्लब नेर्पाले प्रति समूह रु २२ हजार २२२ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विद्यागततर्फ उत्कृष्ट गोलरक्षकमा युवा जागरण क्लबका नवीन पोखरेल, उत्कृष्ट डिफेण्डरमा बाहुनीडाँडाका शम्भु माझी, उत्कृष्ट मिड फिल्डरमा नेर्पाका सन्तोक राई र उत्कृष्ट प्रशिक्षकमा युवा जागरणका राजु आचार्य घोषित भएका छन् । उनीहरुलाई जनही रु पाँच हजार नगदको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक श्यामकुमार पौडेलले बताए ।
प्रतियोगिता अवधिभरका सर्वोत्कृष्ट खेलाडीमा युवा जागरण फुटबल क्लबका आयान राई घोषित भएको छन् राईलाई रु सात हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ । प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन एशियन फाईफुट्स प्रा.लि. तथा दोस्रो पुरस्कारको प्रायोजन उद्योग वाणिज्य सङ्घ र हिमाली क्लब दिक्तेलले प्रायोजन गरेको आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)का अध्यक्ष नूरकाजी सैँजूले जानकारी दिए ।
त्यस्तै, प्रतियोगीताको फाईनल खेल अगाडि पत्रकार र आयोजक केएफए भेट्रान टिमबिच भएको मैत्रीपूर्ण खेलमा आयोजक भेट्रान टिम विजयी भएको छ । सडेन डेथमा पत्रकारलाई ३ का बिरुद्ध ४ गोल गर्दै केएफए भेट्रान टिम विजयी भएको हो । निर्धारित समय गोल रहित सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



