सुमन दाहालको “यहि त हो खोटाङ मेरो गाउँ” बोलको गित भिडियो सहित सार्बजनिक

खोटाङ / नेपाली गीत संगीतको आकाशमा “तिमी हाँस्दा राम्री देखिन्छौ”बाट नेपाली गीत संगीतको यात्रा सुरुवात गर्नु भएका गीतकार तथा गायक”सुमन दाहाल”ले ब्याक टु ब्याक मौलिक पुर्बेली गीत”यहि त हो खोटाङ मेरो गाउँ” सार्बजनिक गर्नु भएको छ।

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-५ स- छितापोखरी जन्म थलो रहेका दाहालले आफ्नो मौलिक पुर्बेली गीत भिडियो सहित सार्बजनिक गरेका हुन् ।

यो गीत बिसुद्व खोटाङको धिप्लुङ झरना, हलेसी,बराहपोखरी,ट्याम्के, खोला नाला सँगको प्रेम सङ्गै संस्कार संस्कृतिलाई सम्म समेटेर लेखिएको छ। साथै यस गीतमा चर्चित संगीतकार बिक्रम राईले संगीत गर्नु भएको छ,भने यो गीत को आवाजमा सुमधुर स्वर को धनी खोटाङ्गे कलाकारहरु -पार्बती राई,कला राई,मेनुका राई,रुपकुमार राई,रोशन राई,हसन राई,रेवत राई,निस्चल राईले आवाज दिएका छन् ।
कलाको उर्वर भुमी मानिने खोटाङ पछिल्लो समय पुर्वेली लोक गितहरुमा प्राय आ- आफ्नै ठाउँहरु समेटेर धेरै गितहरु बजारमा आईसकेको छ ।
भिडियो सहित