मिडियालाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउन महासंघको पहल
खोटाङ /नेपाल पत्रकार महासंघ शाखा खोटाङले कोरोना कहरका कारण समस्यामा परेका सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउन पहल गर्ने भएको छ ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर शुक्रबार बसेको बैठकले कोभिड–१९ को महामारीका कारण समस्यामा परेका छापा तथा विद्युतीय सञ्चार माध्यमका लागि लोककल्याणकारी विज्ञापन जुटाउन पहल गर्ने निर्णय गरेको हो ।
प्रेस चौतारी नेपाल, नेपाल प्रेस यूनियन र प्रेस संगठनका प्रमुख सम्मिलित बैठकले जिल्लाका सञ्चार माध्यमका लागि लोककल्याणकारी विज्ञापन उपलव्ध गराउन स्थानीय सरकारदेखि संघीय सरकारसम्म पहल गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्रीले बताए ।
गत वर्षको कोरोना महामारीका बेला जिल्लाका १० स्थानीय तहमध्ये दिप्रुङ चुईचुम्मा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाले स्वतःस्फुर्त रुपमा स्थानीय सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराएको थियो । यसपल्ट भने कोभिड–१९ बाट मिडिया क्षेत्रमा परेको संकट व्यवस्थापनमा महासंघ र पत्रकारको पेशागत संगठनले संयुक्त रुपमा पहल कदमी गर्ने निर्णय लिएको हो ।
महासंघको बैठकले कोभिड–१९ को महामारीका बेला सचेत र सुरक्षित भएर काम गर्न पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गर्दै आएको छ । महामारीमा जोखिम मोलेर पत्रकारिता गरिरहेका जिल्लाका पत्रकार तथा सञ्चारकर्मीलाई पत्रकार महासंघ र पत्रकारको पेशागत संगठनले आवश्यक स्वास्थ्य सामग्री उपलव्ध गराउने जनाएको छ ।
बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरिबोल आचार्य, नेपाल प्रेस यूनियन खोटाङका अध्यक्ष उत्तम चौंलागाई र प्रेस संगठन नेपाल खोटाङका अध्यक्ष रामधन राईको उपस्थिति रहेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



