वडाध्यक्ष, सञ्चारकर्मी र कर्मचारी संक्रमित भेटिएपछि खोटाङको एक नगरपालिका शिल
खोटाङ/कोभिड–१९ संक्रमित भेटिएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई शिल गरिएको छ ।
आइतबार बिहान हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको छापडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसीमा गरिएको एन्टीजेन परिक्षणका क्रममा वडाध्यक्ष, सञ्चारकर्मी र कर्मचारी सहित ८ जनालाई कोरोना संक्रमण पूष्टी भएपछि नगरपालिकालाई सिल गरिएको हो ।
संक्रमित भेटिए लगत्तै अर्को व्यवस्था नभएसम्मका लागि नगरपालिकाभित्रका भित्र पर्ने राजमार्ग तथा सडकमा आवत–जावत बन्द गरिएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि मध्यपहाडी लोकमार्ग अन्तरगत नगरपालिकाभित्र पर्ने जयरामदेखि बिजुलेसम्मको आसपासका बजार तथा पसल बन्द गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।
मध्यपहाडी लोकमार्ग अन्तरगतका जयराम, कदुवा, च्यास्मीटार, बोझे, बडहरे, दुर्छिम, हलेसी, अखौैले र बिजुले बजार बन्द गरिएको हो । यस्तै, दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत सोही नगरपालिकाभित्र पर्ने रेग्मीटारदेखि राजापानीसम्मको खण्ड पनि बन्द गरिएको मेयर राईले बताए ।
औषधि, इन्धन जस्ता अत्यावश्यक सामग्री बोकेका बाहेक अन्य सवारी साधनको आवत–जावतमा पूर्णरुपमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



