खोटाङमा शुक्रबार एकै दिन २६ संक्रमित थपिए, संक्रमितको संख्या ११८ पुग्यो
खोटाङ / खोटाङमा एकै दिन २६ संक्रमित थपिएका छन् । शुक्रबार साकेला गाउँपालिकामा ११ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ जना, ऐसेलुखर्क गाउँपालिकामा ४ जना, हलेसी तुवाचुङ नगरपालिकामा १ जना र जन्तेढुंगा गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यसँगै जिल्लामा सक्रिया संक्रमितको संख्या ११८ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए ।
हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५३ जना, साकेला गाउँपालिकामा २३ जना, हलेसी तुवाचुङ नगरपालिकामा १६ जना, ऐसेलुखर्क गाउँपालिकामा १२ जना, रावाबेँसीमा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा ४ जना सक्रिया संक्रमित छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।
साकेला गाउँपालिकामा संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङका आधारमा ६० जनाको स्वाव संकलन गरेर पिसिआर परीक्षणमा पठाइएकामा ११ जनालाई संक्रमण पूष्टी भएको हो ।
पिसिआर परीक्षणका लागि बैसाख २२ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा नमूना पठाइएकामा शुक्रबार रिपोर्ट आएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए ।
शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगरपालिकाले गरेको एन्टीजेन परीक्षणबाट ७ जना र जिल्ला अस्पतालमा गरिएको परीक्षणबाट दुई जनालाई संक्रमण पूष्टी भएको हो । संक्रमितमध्ये १०९ जना होमआइसोलेसनमा र ९ जना स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सिमा नाका सिल गरिसकेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



