हलेसी तुवाचुङ नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गर्ने निर्णय
खोटाङका हलेसी तुवाचुङ नगरपालिकाले नगरपालिका, वडा कार्यालय एबं सेवा केन्द्रबाट प्रवाह हुँदै आएको सेवा प्रवाह अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ ।
नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई मध्यनजर गर्दै गत बैशाख २० गतेदेखि स्वास्थ्य संस्था बाहेकका सबै सरकारी कार्यालयको सेवा बन्द गरेको नगरपालिकाले पुःन अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका कार्यालयीय सेवा बन्द गर्ने अवधि थप गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रशासन शाखाका कर्मचारी, सुरक्षागार्ड लगायत चार जनालाई संक्रमण पुष्टि भएपछि आइतबारदेखि लागू हुनेगरी नगरपालिका र नगरपालिकाभित्रका ११ वडा कार्यालय, सेवा केन्द्र लगायतको अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवा बन्दलाई पुःन अर्को सूचना जारी नभएसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो ।
होटलको चौंरमा दुरी कायम गरेर छरपष्ट भएर बसाईको बैठकले गत बैशाख २६ गतेदेखि जारी नगरपालिकाको सीमा नाका सिललाई पनि निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकले आउँदै गरेको देवाली, साकेला जस्ता भिडभाड भेला भएर मनाइने चाडबाडलाई औपचारिकताका लागि मात्र मनाउन, नेपाल सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले जारी गरेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्डलाई कडाईका साथ पालना गर्ने÷गराउने निर्णय गरेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



