कोरोना संक्रमितलाई अस्पताल पुर्याउन साँढे तीन लाख तिर्न बाध्य
खोटाङ/खोटाङका एक कोरोना संक्रमितलाई थप उपचारका लागि हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं पठाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ६४ वर्षका पुरुषलाई साँढे तीन लाखमा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं पठाइएको हो ।
कोभिड–१९ को संक्रमण पुष्टि भएको केही हप्तापछि शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि उनलाई सोमबार महंगो शुल्क तिरेर हेलीकोप्टर चार्टर गरेर थप उपचारका लागि काठ्माण्डौं पठाइएको हो ।
जिल्ला अस्पतालमा उपचार गर्दा पनि ठीक नभएपछि संक्रमितलाई हेलीकोप्टर चार्टर गरेर पठाइएको वडा सदस्य प्रकाशकुमार श्रेष्ठले बताए । उनलाई १०/१२ दिनअघि कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो ।
गत जेठ ५ गते ऐसेलुखर्कका गाउँपालिका–३ ऐसेलुखर्कका एकै परिवारका तीन संक्रमितलाई तीन लाख २० हजारमा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको थियो । हालसम्म जिल्लामा संक्रमितको संख्या साँढे चार सयको हाराहारीमा पुगिसकेको छ ।
हाल जिल्लामा कोभिड–१९ बाट संक्रमित स्वास्थ्यमा जटिल समस्या निम्तिएको अवस्थामा महंगो शुल्क तिरेर हेलीकोप्टर चार्टर गर्न बाध्य छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



