रश्मिको ‘तिम्रो नयन’ बोलको म्यूजिक भिडियो सार्वजनिक
खोटाङ / खोटाङकी गायिका रश्मी राई पुःन नयाँ म्यूजिक भिडियो लिएर आएकी छन् । रश्मीको स्वर, रोज लामा योञ्जनको शव्द र सुवाष चाम्लिङको संगीत रहेको ‘तिम्रो नयन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सुवाष चाम्लिङको निर्देशन रहेको म्यूजिक भिडियो युमा आर्ट युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । मेगना मगरातीको छायाँकन तथा सम्पादन रहेको म्यूजिक भिडियोमा विशाल लिम्बू र शिखा राईको अभिनय रहेको छ ।
कोभिड–१९ का कारण लागू गरिएको निषेधाज्ञाको बीचमा गायिका राईको स्वरमा सजिएको नयाँ गीत बजारमा आएको हो । यसअघि गत साउन तेश्रो साता पनि गायिका राईको स्वर रहेको ‘सेवा सेवारो’ बोलको गीत सार्वजनिक भएको थियो । सो गीत उनको आफ्नै यूटुब च्यानल रश्मी राई अफिसियलमा साउन १९ गते अपलोड गरिएको छ ।
जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय चुम्लुङकी गायिका रश्मीले हालसम्म लोक, आधुनिक र पप लयका एक सय भन्दा बढि कलेक्सन गीतमा स्वर दिइसकेकी छन् ।भिडियो हेर्नको लागि https://www.youtube.com/watch?v=TIxJUdAWaoA
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



