जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री उपलव्ध

खोटाङ /जिल्ला अस्पताल खोटाङलाई कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका क्रममा उपयोग हुने स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, कांग्रेस महाधिबेसन प्रतिनिधि बिरकाजी राई, तरुण दल खोटाङका अध्यक्ष भिषण राई र नेविसंघ खोटाङका अध्यक्ष राजकुमार बस्नेतको पहलमा जिल्ला अस्पताललाई कोभिड–१९ को विरुद्ध उपयोग हुने एन्टीजेन किट, अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट एक हजार सेट एन्टीजेन किट, ५० लिटरको ५ पिस अक्सिजन सिलिण्डर र १० लिटरको २ पिस अक्सिजन कन्सन्ट्रेटर जुटाइएको हो । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै ल्याइएको स्वास्थ्य सामग्री सोमबार नेविसंघका जिल्ला अध्यक्ष बस्नेत, तरण दल खोटाङका सदस्य बिराज आचार्य र स्वास्थ्यकर्मी संघ खोटाङका अध्यक्ष प्रकाश घिमिरेले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको उपस्थितिमा सोमबार जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. बैभव मल्लिकलाई हस्तान्तरण गरेका छन् ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिका, साकेला गाउँपालिका, स्वास्थ्य चौकी बडहरे, स्वास्थ्य चौकी फेदी र स्वास्थ्य चौकी लफ्याङलाई अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, एन्टीजेन किट, ल्यावको सामग्री, बिरामी बेड, थर्मल गन, पिपिई सेट, मास्क, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री जुटाइएको नेविसंघका अध्यक्ष बस्नेतले बताए ।