दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसको पालिका सभापतिमा अमृत गिरी
खोटाङ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसको पालिका सभापतिमा अमृत गिरी चयन भएका छन् । गाउँपालिका सभापतिका प्रत्यासी डम्बर खड्काले उम्मेद्वारी फिर्ता लिएपछि गिरी पालिका सभापतिमा निर्विरोध चयन भएका हुन् । २०४६ साल बैशाख २४ गते जन्मिएका गिरी जिल्लाकै कान्छो पालिका सभापति बनेका छन् ।
समितिको उपसभापतिमा भीमबहादुर राउत र हरिबहादुर क्षेत्री, सचिवमा खगेन्द्र राई र ज्ञानेन्द्र खड्का, सहसचिवमा प्रकाशकुमार खड्का र जयप्रकाश राई चयन भएका छन् ।
शनिवार शुरु भएको गाउँपालिका अधिबेसन आइतवार पनि सहमति नभएपछि सहमतीको प्रयासका लागि भन्दै पुःन सोमबार बिहानका लागि सारिएको थियो । निर्वाचन अधिकृत पञ्चुकुमार राईले ‘सोमबार बिहान ८ बजेसम्म सहमतीको प्रयास जारी राख्ने र सहमती नभए बिहान ९ बजेबाट चुनावी प्रक्रिया अघि बढाउने’ सूचना टाँस गरेका थिए ।
गत भदौ १८ गते मत गणनाका क्रममा १०८ औं मतपत्र समावेसी र खुलातर्फको स्टीच गरिएको हुनुपर्नेमा दुबै खुलातर्फको मतपत्र स्टीच गरेको भेटिएको निहुमा याम्खा कांग्रेसको वडा अधिबेसन विवादका बिच टुंगिएको थियो । सो विवादलाई निकास दिनका लागि कांग्रेसले जिल्ला सचिव ज्ञानेन्द्र जोशीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
सो छानविन समितिले गाउँपालिका अधिबेसन उद्घाटनकै दिन शनिबार ‘वडा अधिबेसन प्रक्रियागत रुपमा सही भएको’ प्रतिबेदन उपलव्ध गराएको थियो । जिल्लाका १० वटै स्थानीय तहमध्ये नौ स्थानीय तहमा कांग्रेसको नगर÷गाउँपालिका अधिबेसन टुंगिसकेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



