ज्योति लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबि भुक्तानी
खोटाङ /ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा खोटाङ दिक्तेलले आफ्ना बीमितको निधनपछि परिवारलाई बीमा वापतको दाबी भुक्तानी दिएको छ ।
रुख कटान गर्ने क्रममा दुर्घटनाका कारण ज्यान गुमाएका हलेसी तुवाचुङ्ग नगरपालिका–८ निवासी सरोज राईको बाबुलाई कम्पनीले मृत्यु दाबी भुक्तानी रकम शनिवार हस्तान्तरण गरेको हो ।
कम्पनीको दिक्तेल उपशाखा प्रमुख अरुण राईले एक औपचारिक कार्यक्रमको आयोजना गरि मृतकका बाबु कमलराज राई लाइ रु.४ लाख १२ हजार अन्ठाउन्न को चेक हलेसी तुवाचुङ्ग नगरपालिकाका उपप्रमुख बिमला राई मार्फत हस्तान्तरण गरेका हुन् ।
ज्योति लाईफ इन्स्योरेन्स कम्पनिको सुरक्षित बचत जीवन विमा योजना अन्तर्गतको बीमा लेख लिएका सरोज राईको गत जेठ ३० गते रुख काट्ने क्रममा अर्को रुखले किचेर मृत्यु भएको थियो । सरोजले रु.२ लाखको विमा गरेर कम्पनीमा २ किस्ता बुझाएका थिए । दुर्घटना विमा अन्तर्गत विमाङकको दोब्बर ४ लाख र बोनस बापत १२ हजार अन्ठाउन्न मृतकको परिवारलाई प्रदान गरिएको ज्योती लाईफ इन्स्योरेन्स कम्पनीका दिक्तेल उप–शाखा प्रमुख राइले जानकारी दिए ।
चेक हस्तान्तरण गर्दै नगर उपप्रमुख बिमला राइले विमाले मृत्यु बाट फर्काउन नसके पनि मृतक परिवारलाई राहत दिने बिचार व्यक्त गरेका थिए साथै मृतकको घर आँगन मै पुगेर दाबि भुक्तानी गरेर ज्योति लाइफ ले सराहनीय काम गरेको भन्दै ज्योति लाइफ इन्स्योरेन्सको प्रशंसा गरिकी छिन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



