ढिलासुस्ती गर्ने ठेकेदारलाई जनकारबाही गर्ने विप्लबको चेतावनी
खोटाङ दिनराज कार्की । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी खोटाङले ठेक्का लिएर आयोजनाको कामलाई वर्षौँसम्म अलपत्र पार्ने ठेकेदारको सूची तयार पारेर जनकारबाही गर्ने चेतावनी दिएको छ । ७ र ८ कात्तिकमा दिक्तेलमा गरिएको ११ औं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न नेकपाले जारी गरेको विज्ञाप्तिमा जिल्लाभित्रका दर्जनौं योजनाको ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने ठेकेदारको सूची तयार गरेर जनकारबाही गर्ने धम्की दिएको हो ।
मध्यपहाडी लोकमार्ग, महुरे–फोक्सिङटार सडक, फोक्सिङटारको पक्की पुल, धाप्लाङघाटको पक्की पुल, हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजना लगायतका राष्ट्रिय महत्वका आयोजनाको काममा ढिलासुस्ती गर्ने ठेकेदारको सूची तयार पारेर जनकारबाही गर्ने तयारी गरिएको नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज शैलेसले बताए । विकास निर्माणमा भएका ढिलासुस्तीका विषयमा प्रशासन, निर्माण कम्पनी लगायतलाई आग्रह गर्दा बेवास्ता गरिएको नेकपाले जनाएको छ ।
नेपाल कम्यूनिष्ट पार्टीका पार्टीका जिल्ला सेक्रेटरी जीवनले जारी गरेको विज्ञाप्तिमा ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाले जग्गा अधिग्रहण गर्दा विस्थापित हुने किसानको उचित पुःर्नवासको व्यवस्था मिलाउनुपर्ने आवाज उठाइएको छ ।
जलविद्युत आयोजनाबाट प्राप्त हुने मुआव्जा जग्गाधनीको हातमा जाने तर दशकौंदेखि त्यही जग्गा कमाएर गुजारा चलाउँदै आएका किसान अलपत्र पर्ने अवस्था आउने भन्दै नेकपाले उनीहरुको पुःर्नवासको व्यवस्थाका लागि राज्यको ध्यानाकर्षण गराएको हो । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविद्युत आयोजनाले ओगट्ने जग्गाको अधिग्रहणको प्रक्रिया अघि बढिरहेका बेला नेकपाले यस्तो धारणा बाहिर ल्याएको हो ।
यस्तै, अरुण तेश्रो जलविद्युत आयोजनाको प्रशारणलाइनको पहिलो रुटका लागि रोक्का गरिएका जग्गाको क्षतीपूर्ति उपलव्ध गराउन भनेको छ । संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण तेश्रोको प्रशारण लाइनको पहिलो रुटका लागि भन्दै दुई वर्ष रोक्का गरेर फुकुवा गरिएका खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका स्थानीयको जग्गाको क्षतिपुर्ती उपलव्ध गराउन माग गरेको हो ।
हाल अरुण तेश्रोको दोश्रो रुट कायम गरिएपछि नेकपाले पहिलो रुटमा रोक्का राखिएका अवधिको जग्गाको क्षतीपूर्ति उपलव्ध गराउन राज्यको ध्यानाकर्षण गराएको जनाएको छ ।
नेकपाले प्रगतीशिल संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादको विषयमा घर–घरसम्म व्यापक बहस अघि बढाउने, विभिन्न जनवर्गीय संगठन, जातीय, क्षेत्रीय, मोर्चा र युवा संगठनको जिल्ला सम्मेलन गर्ने, पार्टी स्थापना दिवसको उपलक्ष्यमा आगामी ८ मंसिरमा काठ्माण्डौंमा हुने वृहत जनप्रदर्शन र आमसभालाई भव्य बनाउन तयारीमा जुट्ने, पार्टी सदस्य आवेदन र नविकरणलाई तीव्रता दिने लगायतका निर्णय गरेको विज्ञाप्तीमा जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



