प्रहरीचौकी बुइपाको नवनिर्मित भवन उद्घाटन
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले मंगलबार प्रहरी चौकीको साँढे दुई तले कार्यालय भवन उद्घाटन गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले बताए ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय, ओखलढुंगामार्फत प्राप्त भएको २ करोड २ लाख २ हजार ४१४ रुपैयाँको लागतमा प्रहरी चौकी बुइपाको नयाँ भवन निर्माण गरिएको हो ।
स्वर्गीय त्रिभुनारायण श्रेष्ठ, स्वर्गीय हरिकुमार श्रेष्ठ, स्वर्गीय जगतबहादुर श्रेष्ठ तथा स्थानीय पदमबहादुर श्रेष्ठ र बमबहादुर श्रेष्ठले निःशुल्क पाँच रोपनी जग्गा दिएपछि प्रहरी चौकीको भवन बनाइएको हो । प्रहरी चौकीका लागि कार्यालय प्रमुख कक्ष, प्रवन्ध शाखा, प्रहरी जवानको दुई वटा व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, चार कोठे शौचालय लगायतका संरचना बनाइएको छ ।
निर्माण कम्पनी गोर्खा रुजन जेभीले २८ मंसिर २०७७ मा सम्पन्न गरेको भवन ३ पुस २०७७ मा प्रहरी चौकीलाई हस्तान्तरण गरेको थियो । एक वर्षमा सक्ने गरी १७ असार २०७६ मा भवन निर्माणको सम्झौता गरिएपनि कोभिड–१९ का कारण ६ महिना म्याद थप भएको थियो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बिसीको प्रमुख आतिथ्यतामाभएको भवन उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख बिणादेवि राई, निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ, राजनीतिक दल प्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
ओखलढुंगामा एक र सोलुखुम्बुमा तीन प्रहरी भवन
प्रहरी नायव महानिरीक्षक बिसीले १५ कात्तिकमा ओखलढुंगाको प्रहरी चौकी कोषाहाटको आठ कोठा भएको दुई तले कार्यालय भवन उद्घाटन गरेका थिए । १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ८६ लाख १४ हजार ५४५ रुपैयाँको लागतमा प्रहरी चौकी कोषाहाटको भवन, आवास, भान्छा घर तथा शौचालय निर्माण गरिएको हो ।
यस्तै, १३ कात्तिकमा सोलुखुम्बुको प्रहरी चौकी खुम्जुङको कार्यालय भवन उद्घाटन गरिएको छ । १ करोड ६८ लाख ६४ हजार ३८४ रुपैयाँको लागतमा प्रहरीचौकी खुम्जुङको भवन लगायतका संरचना निर्माण गरिएको हो ।
१२ कात्तिकमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले इलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुको कार्यालय तथा आवास भवन उद्घाटन गरे । इलाका प्रहरी कार्यालय नाम्चेको कार्यालय तथा आवास भवन २ करोड ४ लाख ४७ हजार ८५५ रुपैयाँको लागतमा सम्पन्न भएको हो ।
यस्तै, १० कात्तिकमा इलाका प्रहरी कार्यालय लुक्लाको भवन तथा आवासगृह उद्घाटन गरिएको थियो । २ करोड ६६ लाख ३३ हजारको लागतमा निर्माण गरिएको इलाका प्रहरी कार्यालय लुक्लाको साँढे २ तले भवन तथा आवास प्रहरी महानिरिक्षक थापा क्षेत्रीले उद्घाटन गरेका थिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



