पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता लिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको माग

पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता लिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन माग गरेको छ । एक बिज्ञाप्ती जारी गदै पेट्रोल पर्दाथको मुल्य बृद्धि फिर्ता लिन माग गरेको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले खोटाङले जिल्ला प्रशासन कार्यालय खोटाङ मार्फत नेपाल सरकार उधोग बाणिज्य तथा आपुर्ति मन्त्रालय सिंहदरबार काठमाण्डौ ज्ञापन पत्र बुझाएको छ । भ्रष्टचार महंगी कालोबजारी जस्ता अनियमितताको जस्ता विरोधीको रुपमा पुनः एक पटक यस्तखाले अनियमीतता बिरुद्ध लडाईमा होमिनुपर्ने अवस्था सृजर्ना भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले ज्ञापन पत्र मार्फत बताएको छ ।
परमादेश बनेको अपवित्र गठबन्धनले सरकारको निर्देशनमा भखरै मात्र नेपाल आयल निगमले १२ दिनमै अन्तरालमा पेट्रोल , डिजेल र मटटीतेल ३ रुपैयाँ हवाई ईन्धनमा ५ रुपैयाँ र एलपी ग्याँसमा ७५ रुपैयाँ मुल्य बृद्धि गरी गरीव एवम् सर्वहारा नेपाली जनताको ढाड सेकाउने काम भएको छ । मुल्य समायोजनको बाहानामा अन्तर्राष्ट्रिय बजारमा मुल्य बढदा पटक पटक मुल्य बृद्धि बढदा पटक पटक मुल्य बुद्धि गर्ने तर घट्दा मुल्य नघटाउने नेपाल आयल निगमले कदम प्रति अनेरास्ववियु खोटाङ गम्भीर खेद प्रकट गर्दछ । पेट्रोलियम पदार्थको मुल्य बृद्धिले अन्य तमाम क्षेत्रको मुल्यमा समेत प्रभाव पार्ने हुँदा तत्काल मुल्य वृद्धि फिर्ता लिन जोडदार माग गर्दछौ अनेरास्ववियु खोटाङको यो शान्ती पुर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा यो अन्यापुर्ण मुल्य बुद्धिका बिरुद्ध जस्तो सुकै प्रतिकार गर्न पनि बाध्य हुने छौ भनेर चेतावनी समेत दिएको छ । खेमराज राई हस्ताक्षेरति ज्ञापनप पत्रमा उल्लेखित छ ।