कांग्रेस जिल्ला सभापतिमा महासमिति सदस्य रबिप्रकाश राईकाे उम्मेद्वारी घाेषणा

खोटाङ । २९ कात्तिक, नेपाली कांग्रेसका नेता रबिप्रकाश राईले कांग्रेस खोटाङको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । जिल्ला अधिबेसन मिति नजिकिँदै गर्दा कांग्रेस महासमिति सदस्य राईले सोमबार जिल्ला सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

सभापतिमा उम्मेद्वारी दिने तयारी सँगै राईका समर्थकले सामाजिक सञ्जालमार्फत पक्षमा प्रचार–प्रसार सुरु गरेका छन् । ‘अग्रजको सम्मान–युवाहरुको बिश्वास, खोटाङ सभापतिमा रविप्रकाश!’ भन्ने नारा लिएर राई सभापतिको चुनावी दौडमा अघि सरेका हुन् । अन्य पदाधिकारीको केही दिनपछि टुंगो लगाइने सभापतिका उम्मेद्वार राईले बताए । उनी केन्द्रमा सभापति शेरबहादुर देउवासँग नजिक मानिन्छन्