जिल्लामा एमआरपी फारम संकलन बन्द

खोटाङ । ५ मंसिर, विद्युतीय राहदानी वितरणको पुर्वतयारीमा जिल्ला प्रशासन कार्यालय खोटाङले राहदानीको एमआरपी फारम संकलन बन्द गरेको छ ।

विद्युतीय राहदानी वितरणका लागि एमआरपी फारम संकलन नगर्ने व्यवस्थाका लागि राहदानी विभागले २ मंसिरमा पठाएको पत्र अनुसार जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि राहदानीको एमआरपी फारम संकलन बन्द गरेको हो ।

विद्युतीय राहदानी वितरणको व्यवस्थाका लागि प्रविधि सहितको प्राविधिकको टोली आउने र करिब १५ दिनपछि जिल्लाबाटै विद्युतीय राहदानी वितरण सेवा सुरु हुने सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए ।

जिल्ला प्रशासन कार्यालय र तोकिएका ईलाका प्रशासन कार्यालयमा विद्युतीय राहदानी जारी गर्ने कार्यका लागि प्रत्यक्ष दर्ता प्रणाली जडान कार्य सुरु गर्न लागिएको हो ।

यसअघि प्रशासनकै कर्मचारीमार्फत राहदानी ल्याउने गरिएकामा अव भने हुलाकमार्फत आउने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । हस्त लिखित पहिलो, मेसिन रिडेबल पासपोर्ट ९एमआरपी० दोश्रो र विद्युतीय राहदानीलाई तेश्रो जेनेरेसन मानिएको छ । विद्युतीय राहदानीलाई एमआरपीभन्दा सुधारिएको प्रविधि सहितको दावी गरिएको छ ।