प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध जारी
काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘पक्षपूर्ण व्यवहार बन्द गर’भन्नेलगायतका नाराहरु लगाउँदै बुधबार पनि प्रतिनिसभा बैठक अवरुद्ध पारेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले वेल घेराउसहित चर्काबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएको हो । सभामुख सापकोटाले सभालाई सुरु गराएर आफ्ना असहमति राख्न पटक(पटक आग्रह गरे पनि एमाले सांसदहरुले त्यसको बेवास्ता गर्दै ुपक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षडयन्त्र मुर्दावादु भन्ने नारा लगाएका थिए ।
एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफै पार्टी फुटाउने षडयन्त्रमा लागेका भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



