जिल्ला अधिवेशनको तयारिमा नेपाल कम्युनिष्ट पार्टी एमाले
खोटाङ /देशै भरी पौष २३ गते एकै साथ हुने अधिवेशनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी खोटाङ अधिवेशनको तयारिमा जुटेको छ ।
सातौं जिल्ला अधिवेशनको लागि “सप्तालिप्साले जन्माएको गठबन्धन विरुद्ध एक होअौं!
बिकाश,समृद्धि र अग्रगतिका लागि सबै एमाले बनौं!” भन्ने मुल नारा तय गरेको हो ।
आइतबार होटल शुभ-दिनमा पत्रकार सम्मेलन गर्दै प्रेस बिज्ञप्तिमा जिल्ला अधिवेशनको लागि अधिवेशन स्थल जिल्ला खेलकुद बिकास समितिको कबर्ड हल, माटिकोरे दिक्तेल तोकिएको छ । त्यस्तै अधिवेशन सफलता पुर्वक सम्पन्न गर्नका लागि समिती उपसमितीहरु गठन गरेको छ ।
राजनीतिक प्रतिवेदन लेखन उपसमिति- संयोजक क.राम प्रसाद दंगाल, मुल व्यवस्थापन समिती-संयोजक क. देवबिक्रम राई,सांगठनिक लेखन उपसमिति- संयोजक क.कुमार आचार्य ,आर्थिक संकलन उप-समिती- संयोजक क.दिपनारायण रिजाल,आर्थिक प्रतिवेदन लेखन उप-समिती-संयोजक क.उपिन कुमार राई,प्रतिनिधि व्यवस्थापन उप-समिति -संयोजक क.सुरेन्द्र कुमार राई,प्रचारप्रसार उप-समिती -संयोजक क.दिलचक्र राई,साँस्कृतिक कार्यक्रम व्यवस्थापन उप- समिती संयोजक क.बिणादेवी राई, अतिथी सत्कार उप-समिती संयोजक क.दिल कुमारी राई, मञ्च तथा हल व्यवस्थापन उप-समिती संयोजक क.चर्च बहादुर बिश्वकर्मा,अनुगमन मुल्यांकन उप-समिती संयोजक क.सनमान खड्का,स्वास्थ्य व्यवस्थापन उप-समिती संयोजक क.सम्मर बहादुर भुजेल,गरि १५ समिती उपसमिती चयन गरिएको नेपाल कम्युनिष्ट पार्टी एमाले खोटाङले जनाएको छ ।
अधिवेशन प्रतिनिधिका लागि क्षेत्र र संख्या निर्धारण गरेको छ । वडा शाका कमिटी -पहिलो २५ जना पार्टी सदस्यता बराबर कम्तिमा १ महिला र १ दलित अनिवार्य सहित ५ जना पार्टी सदस्यताको हकमा प्रत्येक १० जना बराबर १ जना प्रतिनिधि थप यसरी थप हुने प्रत्येक तेस्रो १० जनामा १ महिला प्रतिनिधि अनिवार्य हुने बिज्ञप्तिमा
उल्लेख छ । नगर कमिटी- कम्तीमा ३ जना महिला सहित ७ जना गाउँ कमिटी कम्तिमा २ जना महिला सहित ५ जना जिल्ला सल्लाहकार परिषद कम्तिमा २ महिला सहित ५ जना जिल्ला जेष्ठ कम्युनिष्ट मञ्च कम्तिमा २ महिला सहित ५ जना खोटाङ काठमाडौ सम्पर्क मञ्च कम्तिमा ३ महिला सहित ७ जना अल्पसंख्यक, सिमान्तकृत, फरक क्षमता र लैङिगक अल्पसंख्यक सदस्य मध्ये प्रत्येक ५ बराबर १ जना जिल्लामा कृयाशिल जन संगठनहरु प्रत्येकबाट ३/३ जना संख्या निर्धारण गरेको जिल्ला कमिटी खोटाङको अध्यक्ष राम प्रसाद दंगालले बताउनु भयो ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका प्रमुख सचेतक एवम् पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई लगायतको उपस्थिति रहेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



