राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा चार दलको गठबन्धन

 

खोटाङ, राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गदै चार राजनैतिक दलहरुको गठबन्धन भएको छ । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्टिय सभा सदस्य निर्वाचनमा मध्य नजर गदै खोटाङमा गठबन्धन गरेको हो । संघीयता लोकतान्त्रिक गणतन्त्रलाई रक्षा एवं प्रतिगामनकारी हर्कत र पश्चगमनकारी कदमलाई असफल बनाउदै देशलाई एकबन्द्ध रुपमा अग्रगमनतर्फ अगाडि बढाउने निमार्ण भएको सत्ता गठबन्धनलाई आवद्ध खोटाङ प्रमुख चार राजनैतिक दलहरुले गठबन्धन गरेका छन् ।
नेपाली कांगेसका सभापति बिष्णु कुमार राई , नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष पृथ्वी किराँती ,नेकपा एकिकृत समाजवादी जिल्ला समिति खोटाङ अध्यक्ष जलसेर राई, जसपा जिल्ला समन्वय समिती खोटाङका अध्यक्ष टंक थापा ,सयुक्त हस्ताक्षर सहित बिज्ञप्ति बिहिबार नेपाली कांगेसको पार्टी कार्यालयमा पत्रकार समेलन गरेर सार्वजनिक गरेका छन् । २०७८ पौष २८ गते सयुक्त चार दलहरु बिच बसेको बैठकका निर्णय प्रेस बिज्ञप्ति मार्फत जारी गरेको छन् ।
आगामि माघ १२ गते हुन गैरहेको राष्ट्रिय सभाको निर्वाचनमा खोटाङबाट मतदान गर्ने जनप्रतिनिधी बिच गठबन्धनको पक्षमा मतदान गर्न समन्यव गर्ने, खोटाङ जिल्लाको समग्र विकास निमार्णको लागि साझा प्रयासहरु जारी राख्ने र गठबन्धनलाई आवद्ध दलहरुको पालिकाहरुमा संयुक्त बैठक बसी जनताका मागहरु प्रदेश सरकार र संघिय सरकार मार्फत तत्काल संवोधन गर्न पहल गर्ने , गठबन्ध आवद्ध दलहरुबिच सहकार्य र एकता संयुक्त प्रयासलाई बलियो बनाउन गठबन्धनलाई पालिका र वडा तहसम्म पु¥याउने भनि तिन बुंदे बुदाँमा चार राजनैतिक दलहरुले हस्ताक्षर सहित बिज्ञप्तिमा जारी गरेको छन्।