पशुपालनका लागि बजेट कम भएको किसानको गुनासो
खोटाङ । खोटाङका किसानले संघीयताको अभ्यासकाक्रममा पशु व्यवसाय प्रवद्र्धनका कामलाई राज्यले उपेक्षा गरेको गुनासो गरेका छन् । पशुसेवा कार्यालयको सट्टामा बनाइएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय उद्घाटनकाक्रममा उपस्थित किसानले केन्द्रको अधिकार गाउँमा आएको नारा अनुसार पशुपालन व्यवसाय प्रवद्र्धनमा बजेटको व्यवस्था नगरेको वताएका छन् ।
‘गाउँ–गाउँमा सिंहदरवार’ भन्ने नारा आएपनि पशुपालन व्यवसायको व्यवसायिकरणका लागि उचित बजेटको व्यवस्था नगरेको किसान शिवनारायण श्रेष्ठले गुनासो गरे । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालयले आर्थिक वर्ष २०७५÷०७६ का लागि ८० लाख ५ हजार बजेट आएको जानकारी दिएपछि किसानले बजेटको आलोचना गरेका हुन् ।
भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय दिक्तेल जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङले उद्घाटन गरेका हुन ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



