बैदेशिक रोजगारमा हुने ठगिलाई न्युनिकरण गर्न समस्या

खोटाङ ÷सुरक्षित आप्रवासन परियोजना ९ सामि० र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बैदेशिक रोजगार सम्बन्धी अन्तक्रियात्मक कार्याक्रम राखेको हो । होटल शुभ दिनमा बुधबार पत्रकार सम्मेलन गरेर ६ महिनाको कार्य प्रस्तुत गरेको छ । बालसेवा समाजले प्रस्तुत गरेको कार्य पत्रमा ठगिको मुद्धा बढि रहेको छ ।६महिनाको अवधिमा १३ जनाको ठगेको गुनासो आएका छन् ,जेल खोजि उद्धारमा ९ जना रहेको आर्थिक साहायता ३ जना, मृत्यु भएको २ जना बिरामी भएको १ जना ६ महिनाको अवधिमा मुद्धा दर्ता भएका छन् । जसमा ठगिका मुद्धा बढि रहेको बैदेशिक रोजगारमा ठगि न्युनिकरण गर्न समस्या रहेको कार्यक्रम संयोजक सन्तोष राईले बताउनु भयो ।
समुदाय स्तरमा अभिमुखिकरण कार्यक्रम सञ्चालन ४१ स्थानमा गरेको । छ गहन अभिमुखिकरण कार्यक्रम २१ स्थानमा , अभियान कर्ता परिचालन ३ पटक कार्यक्रम सञ्चालन गरेको हो । बैदेशिक रोजगार सम्बन्धी वितिय साक्षरता कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका, केपिलागढी गाउँपालिका, हलेसि तुवाचुङ नगरपालिकामा सञ्चालन गरेको बितिय साक्षरता कक्षामा सहभागितामा भए पश्चाताव समुदाय स्तरमा परिर्वतन आएको छ । बचतमा बृद्धि बैदेशिक २०८ जनाले फजुल खर्च रोकेर बचतमा बृद्धि गरेका छन् बैदेशिक रोजगारमा रहेका घरपरिवारले ३२७ जनाले कागज पत्र मगाएका छन्् खर्च र आम्दामी हिसाव पासबुकमा भर्ने १५८ जना रहेका छन् व्यवसायिक योजना बनाएर काम सूरु १०१ जना रहेका छन्
बैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धिमुलक बनाउनका लागि १ महिना खाना बास सहितको निःशुल्क सिप तालिम सञ्चालन गरेको छ ६ महिनाको अवधिमा ५० जनाले सिप सिकेर गएका छन् सिप सिकेर जानेको तलब पनि राम्रो रहेको ठगि बाट बाट जोगिन पनि सकिने कार्यक्रम संयोजक सन्तोस राईले बताउनु भयो
साउन देखि मंसिर सम्म पच्चीस सय ५३ जना पुरुष ,१४६ जना महिला गरि जम्मा छबिस सय उन्नसय जनाले बैदेशिक रोजगार जानको लागि श्रमस्कृति लिएको छन् ।
बैदेशिक रोजगार सम्बन्धि मुख्य सवालहरुमा
स्थानीय स्तरमा ठगिको केश बृद्धि भएसगै न्याय पाउनुमा समस्या कठिन भएको आत्महत्या केशमा बृद्धि भएका छन् वैदेशिक रोजगार जाने प्राय तालिम नै नसिकी जानेको संख्या बढी भएको पारिवारिक द्धन्द्ध बढी रहेको अवस्था रहेका छन करार, श्रम सम्झौता अवधि सक्रिय पछि मृत्यु भएकाहरुले आर्थिक साहयता तथा बालबच्चा शैक्षिक छात्राबृद्धिबाट बन्चित् भएका बैदेशिक रोजगार मुख्य सवालहरु हरेका छन्
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सिप सिकेर बैदेशिक रोजगार जानेको संख्या बढदो रहेको छ । हाल सिप सिकेर जानेको संख्या ३२.२९ प्रतिशत रहेको छ ।बैदेशिक रोजगारमा एजेन्टहरुको चलखेल घटदो रहेको तथ्यांङमा रहेको छ । ७६.८७ प्रतिशत व्यक्तिहरु सिधै मेनपावर सम्र्पक गरि जि टु जि मार्फत बैदेशिक रोजगार गएका छन् यस नगरपालिकामा १०४ जना व्यक्तिहरु गन्तव्य मुलुकमा समस्यामा रहेका छन् सम्झौता अनुसार काम तलव नपाएको नेपाल र्फकन नपाएको काम गरेपनि लामो समयदेखि तलव नपाएको जस्ता समस्याहरु गन्तव्य मुलुकमा आप्रवासीहरुले भोगिरहेका तथ्याङमा उल्लेख रहेको छ यस दिक्तेल रुपाकोटक मझुवागढी नगरपालिकामा १०५ जना आप्रवासीका सदस्यहरु स्वदेशमा समस्या रहनुभएको छ । बृद्ध तथा बालवालिकाहरु एक्लिएको परिवारमा लामो समयदेखि सम्पर्क नभएको पैसा, नपठाएको जस्ता समस्याहरु आप्रवासि परिवाहरुले भोगिरहेका हेल्बेटास कार्यक्रम अधिकृत उमा पौडेलले बताउनु भयो ।

। बैदेशिक रोगारमा रहेका नेपालीहरु ठगिमा पर्ने झुुठो आश्वासन कबुल गरे भन्दा फरक काम तथा सेवा सुविधा उपलब्ध हुने अवस्था जसका कारण कतिपय अवस्था लागत भन्दा प्रतिफल न्युन भएको बैदेशिक रोजगारमा रहेका नेपाली नागरिक लाई र समस्या परेका नागरिकलाई उद्धार गरेको बालसेवा समाजका कार्यक्रम संयोजक सन्तोस राई बताउनु भयो । बैदेशिक रोजगारलाई सुरक्षित व्यवस्थित मर्यादित उपलब्धिमुलक र ठगि बाट जोगिन बैदेशिक रोजगारमा समस्यामा रहेका नेपालीलाई उद्धार गर्नको लागि यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।