नव निर्वाचित क्षेत्रिय प्रतिनिधी तथा जेष्ठनागरिकलाई नेता गिरीले गरे सम्मान
खोटाङ , नेपाली कांग्रेसका युवा नेता रुद्र गिरीले क्षेत्रिय प्रतिनिधी तथा जेष्ठ नागरिकलाई बधाई तथा सम्मान कार्यक्रम गरेका छन् ।
नेपाली कांग्रेसका नेता तथा नव(निर्वाचित केन्दीय महाधिबेशन प्रतिनीधी रुद्र गिरीले जेष्ठ नागरिक तथा क्षेत्रिय प्रतिनिधीलाई बधाई तथा सम्मान गरेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० पाथेकामा मंगलबार नेता गिरीले वडामा भएको २० जना जेष्ठनागरिकलाई फलफुल बितरण गरि वडाका क्षेत्रिय प्रतिनिधीलाई समेत खादाले सम्मान गरेका हुन् ।
अव आउने निर्वाचनमा सहि नेतृत्व छान्न र गाउँको बिकासलाई परिवर्तन गर्न सक्ने नेतृत्वलाई अगाडि बढाउन वडा बासीलाई आग्रह गर्दै आफुलाई विश्वास गरेर केन्द्रीय माहाधिवेशन प्रतिनिधी जिताएर पठाएकोमा खुसी व्यक्त गरेका छन् । कार्यक्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बाम्राङका वडा सभापति सुरेश कार्की ,पाथेका पुर्व वडा सभापति पदम राई लगायत नेता कार्यक्रताको उपस्थीती रहेको थियो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ वटा वडामा कार्यक्रम गर्ने योजना रहेको बताउनु भयो । जनताको समस्या , गुनोस वडा कार्यसमिति सँग समन्वय गर्दै जाने गिरीले बताउनु भयो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



