आचार्यद्वारा निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा
नेपाल निजामती कर्मचारी युनियनको ८ औं केन्द्रीय महाधिवेशनमा अनिल आचार्यले ‘केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका आचार्यले ‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने नाराका साथमा फागुन २१ देखि २३ गतेसम्म काठमाण्डौमा हुने महाधिवेशनमा प्रदेश १ को भूगोल समुह अन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन प्रतिनिधि रहेका आचार्यले शनिबार सामाजिक सञ्जालबाट केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गर्दै आफूले उम्मेद्वारी दिनुपर्ने कारणहरु सार्वजनिक गरेका छन् ।
निजामती सेवामा रहेको विकृती, विसंगतीहरुको न्युनिकरण गर्दै पेशागत हकहित तथा संरक्षण र युनियनको संस्थागत विकास तथा कर्मचारीहरुको संरक्षण एवं बृद्धि विकासका सम्बन्धमा सदैब जिम्मेवार रही संघीय निजामती सेवा ऐनमै उक्त व्यवस्था राख्न पहलकदमी गर्न आफ्नो उम्मेद्वारी रहने बताएका आचार्यले आफूलाई साथ, सहयोग गर्न र अमुल्य मत दिन आचार्यले महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
जिल्लामा रहेका बौद्धिक वर्गहरुको संगठन नेपाल प्रजातान्त्रिक महासंघ खोटाङका अध्यक्ष, निजामति कर्मचारीको हकहितका लागि लड्दै आईरहेको आधिकारीक ट्रेड युनियन खोटाङका उपाध्यक्ष आचार्य बहुआयमिक संरक्षण समाजको अध्यक्ष भएर समाजमा विशेष परिस्थितिले पछि पारिएका समुदायलाई लक्षित गरी जीविकोपार्जन उकास्न काम गरिरहेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



